निर्वाचनमा पैशा बाँड्न हिडेका एमालेका कार्यकर्ता नगद सहित पक्राउ

आजभोलि

पर्सा । सशस्त्र प्रहरीले पर्साको पोखरीयाबाट पैसा बोकेर हिँडेका एमालेका कार्यकर्तालाई नगद रकमसहित पक्राउ गरेको छ। उनी एमालेका उम्मेदवारको पक्षमा मत खरिद गर्नका लागि हिडेका थिए । सशस्त्र प्रहरीले बुधबार पर्साको क्षेत्र नम्बर ३ मा पर्ने पोखरीया नगरपालिका ९ सोमरबारी चोकबाट एमाले कार्यकर्तालाई तीन लाख नगदसहित पक्राउ गरेको हो।

पर्साको बहुदरमाई नगरपालिका ७ फुलकौल टोला अशोककुमार गुप्ता रौनियार, वासुप्रसाद यादव र वृजेष पटेल पक्राउ परेका हुन्। रौनीयार, पर्सा क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि वाम गठबन्धनका उम्मेदवार एवम् एमाले नेता राजकुमार गुप्ता रौनीयारका भाइ हुन्।

ना १ ह ९३३२ अटो रिक्सालाई समेरबारी चोकमा सशस्त्र प्रहरीले शंका लागेर चेकजाँच गर्दा नगद तीन लाखसहित एमालेको चुनाव चिन्हमा स्वस्तिक छाप लगाइएको मतपत्रका नमुना, एमालेको चुनाव चिन्ह अंकित पर्चालगायतका चुनावी प्रचारका सामाग्री बरामद भएको सशस्त्र प्रहरी नायब उपरीक्षक दुर्गा दत्त पन्तले जानकारी दिए।

‘गाँउ तिर जाँदै गरेको अटो रिक्सा चेकजाँच गर्दा एक जनाको साथबाट दुई लाख र अर्का एक जनाको साथबाट एक लाख रुपैयाँ बरामत भएको छ, ’उनले भने ,‘रकमसँगै एमालेको झण्डा, नमुना मतपत्र समेत अटो रिक्साबाट बरामद भएको छ।’

नगद रकमसहित पक्राउ परेका तीन जनालाई आवश्यक अनुसन्धान र कार्वाहीका लागि ईलाका प्रहरी कार्यालय पोखरीयाको जिम्मा लगाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक पन्तले जानकारी दिए।

 

  • २० मंसिर २०७४, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !