निर्वाचित वडाध्यक्ष रानाको नेतृत्वमा आएका एमाले कार्यकर्ताद्वारा कांग्रेस उम्मेद्वार प्रकाशशरण महत माथि आक्रमण

आजभोलि

निर्वाचित वडाध्यक्ष रानाको नेतृत्वमा आएका एमाले कार्यकर्ताद्वारा कांग्रेस उम्मेद्वार प्रकाशशरण महत माथि आक्रमण

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलका कार्यकर्ताहरुले नेपाली काँग्रेसबाट काठमाडौं क्षेत्र नं ५ का उम्मेदवार डा प्रकाशशरण महत माथि आक्रमण गरेका छन् । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको अघिल्लो दिन उनीहरुले काठमाडौंको बसुन्धरामा महतमाथि दूर्व्यवहार गरेका हुन् । बसुन्धरास्थित विजी मार्टको माथिल्लो तल्लामा रहेको स्थानीय काँग्रेस कार्यकर्ता श्री सापकोटाको कार्यालयमा काँग्रेसका केही कार्यकर्ताहरुसँग चिया खार्इरहेका डा महत सहित करिब आधा दर्जन नेता कार्यकर्तामाथि एमाले कार्यकर्ताले दूर्व्यवहार गरेका हुन् ।

टोखा नगरपालिका वडा नंत ७ का वडाध्यक्ष नरोत्तम राना मगरको नेतृत्वमा आएका करिब ७०(७५ जनाको टोलीले महत सहितका नेता तथा कार्यकर्तामाथि एक्कासी दूर्व्यवहार गरेका हुन् । साँझ ६ बजेको आसपासमा महत बसेको कार्यालयको ढोका फोर्दै उनीहरु तोडफोडमा समेत उत्रिएका थिए। स्थानीय जनप्रतिनिधि समेत रहेका रानाको नेतृत्वमा आएका उनीहरुले गुण्डागर्दी शैलीमा महत र उनीसँगै रहेका पूर्व सांसद् बहादुर लामामाथि समेत हातपातको प्रयास गरेका थिए । महत लगायतका नेता कार्यकर्तामाथि दूर्व्यहार भएको थाहा पाएपछि काँग्रेसका कार्यकर्ताहरु पनि बसुन्धरा पुगेका थिए ।

उनीहरुले पछि प्रहरीलार्इ समेत खबर गरेपछि एमाले कार्यकर्ताहरु तितरवितर भएका थिए । मौन अवधिको सम्मान गर्दै प्रचारप्रसारमा ननिस्किएपनि चुनावी रणनीति र बुथमा खटिने कार्यकर्ताहरुको बन्दोबस्तीको विषयमा छलफल गर्नको लागि केही सीमित कार्यकर्ताहरुसँग गरिएको छलफलको बेलामा एमालेका कार्यकर्ताहरुले गरेको दादागिरी र हुलहुज्जतको काँग्रेस उम्मेदवार महतले भर्त्सना गरेका छन् । उनले आफू माथिको यो आक्रमण एमालेहरुको पराजीत मानसिकताको उपज भएको बताएका छन् ।

  • २० मंसिर २०७४, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !