चार दशकदेखि पत्रकारिता गरेका अनुभवी उपाध्याय गोरखापत्रको महाप्रबन्धकमा नियुक्त

आजभोलि

काठमाडौं । मङ्सिर २५ गतेको मन्त्रिपरिषद निर्णयानुसार वसन्तप्रकाश उपाध्याय गोरखापत्र संस्थानको महाप्रवन्धक पदमा नियुक्त भएका छन् । महाप्रवन्धक हुनु भन्दा पहिले उनी गोरखापत्र दैनिकको कार्यकारी सम्पादकमा काम गर्दै आइरहेका थिए । महाप्रवन्धक उपाध्यायको कार्यकाल चार वर्षको हुनेछ ।

सूचना तथा सञ्चार मन्त्रालयले गत साउनमा गोरखापत्र संस्थानको महाप्रवन्धकका लागि खुला प्रतिस्पर्धाका लागि आह्वान गरेअनुरुप प्रतिस्पर्धात्मक परीक्षाबाट छनोट गरी उपाध्यायलाई महाप्रवन्धकमा नियुक्त गरिएको हो ।“नेपाल सरकार ९मन्त्रिपरिषद० को मिति २०७४ मङ्सिर २५ गतेको निर्णयानुसार यहाँलाई गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा चार ९४० वर्षका लागि नियुक्ति गरिएको व्यहोरा जानकारी गराउँदछु” सूचना तथा सञ्चार मन्त्रालयका सचिव केदारबहादुर अधिकारीद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।
महाप्रबन्धकमा नियुक्त उपाध्याय करिब तीन दशकदेखि पत्रकारितामा क्रियाशील छन् । हिन्दू, जनमञ्च, नेपाल जागरण, राजधानी साप्ताहिकबाट प्रारम्भिक पत्रकारिता शुरु गरेका उपाध्यायले २०४८ फागुनमा गोरखापत्रमा उपसम्पादकबाट सेवा प्रवेश गरेका थिए ।

गोरखापत्र संस्थानबाट प्रकाशित हुने युवामञ्च, मधुपर्क, मनोरम अप्सरा मासिकका सम्पादक तथा सम्पादनको जिम्मेवारी समेत सम्हाल्नुभएका उपाध्याय गोरखापत्र सञ्चालक समितिको सदस्य तथा सञ्चालक समितिको सचिवको समेत जिम्मेवारीको पदमा रही कार्य गरिसकेका छन् ।

उपाध्यायले आफू जिम्मेवारीमा रहँदासम्म संस्थानलाई सहभागितामूलक व्यस्थापनको अवधारण अनुरुप अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले संस्थानका प्रकाशन तथा अनलाइनलाई आधुनिक, स्तरीय र प्रविधिमैत्री बनाउँदै लैजान नविन सोच र चिन्तनका साथ काम गर्ने स्पष्ट बताए।

नवनियुक्त महाप्रवन्धक उपाध्यायले संस्थानलाई राष्ट्र र नागरिकको हितमा क्रियाशील बनाउँदै लैजाने, पत्रकारिताका मूल्य र मर्यादा उँचो बनाउने, कार्यरत कर्मचारीको मनोबल उँचो बनाउँदै साझा लक्ष्य हासिल गर्नेतर्फ अग्रसरता लिने पनि बताए ।

“संस्थानमा रहँदासम्म कर्मचारीहरुको मनोबल नखस्कनेगरी काम गर्नेछु, संस्थागत बहुआयामिक विकास गर्नमै मेरो योगदान रहनेछ” नियुक्तिपत्र बुझेपछि उहाँले गोरखापत्रसँग प्रतिबद्धता व्यक्त गरे ।
महाप्रबन्धक उपाध्यायको साहित्यिक, समीक्षक एवं राजनीतिक विश्लेषकको व्यक्तित्व पनि पाठकबीच सुपरिचित रहेको छ । ‘वसन्त प्रकाश’का नामबाट साहित्यिक वृत्तमा उहाँ उत्तिकै परिचित हुनुहुन्छ । विभिन्न साहित्यिक र अन्य प्रकाशनमा उहाँका रचना, समसामयिक लेख, विश्लेषण प्रकाशित हुँदै आएका छन् ।

  • १ पुष २०७४, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !