यात्रुवाहक म्याजिक दुर्घटना, तीन गम्भिर घाईते, चालक प्रहरी नियन्त्रणमा

आजभोलि

कञ्चनपुर । चालकाको लापरवाहकिो कारण यात्रु वाहक म्याजिक महाकालीमा दुर्घटना भएको छ् । दुर्घटना हुदा ३ जना यात्रु गम्भिर घाईते भएका छन् भने एक जना सामान्य घाईते भएको प्रहरीले जनाएको छ् ।

आज अपरान्ह महाकाली नगरपालिकाको कुतियाकवरबाट झोलुङ्गे पुल तर्फ आउदै गरेको म १ ज १६९ नम्वरको यात्रु वाहक म्याजिक महाकाली नगरपालिकाको वडा नं। ६ स्थित पुरानो बस्ती नजिक दुर्घटनामा परेको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक नरेन्द्र बहादुर चन्दले जानकारी दिएका छन् ।

दुर्घटनामा परि महाकाली नगरपालिका वडा नं. ९ का अन्ताजी वर्ष ६० का ललित बुढा, वडा नं। १० का अन्ताजी ४२ वर्षिय कुम्भराज गिरी, वडा नं. ४ का अन्ताजी वर्ष ६२ का चन्द्रकला खत्री गम्भिर घाईते भएको बताईएको छ भने भारत बसोबास गर्ने पार्वती थापा मगर सामान्य चोट आएपछि उपचार पछि घर फर्किसकेको प्रहरीले जनाएको छ् ।

गम्भिर घाईते भएका तिनै जनाको उपचारको लागी महाकाली अञ्चल अस्पताल पुगाईएको स्थानियहरुले बताएका छन् । म्याजिक र म्याजिक चालक प्रकाश सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले जनाएको छ ।

  • १ पुष २०७४, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !