काठमाडौं । झन्डै डेढ वर्षपछि पर्दामा फर्किन लागेका सुपरस्टार अनमोल केसी स्टारर फिल्मको ट्रेलर पावरफूल बनेको छ । ट्रेलरमा अनमोलको रोमान्टिकसँगै एङ्ग्री अवतार देख्न सकिन्छ । फिल्मका लागि अनमोलले गरेको मिहिनेत ट्रेलरबाटै प्रष्ट हुन्छ । यस वर्षको सर्वाधिक बहुप्रतिक्षीत फिल्म ‘कृ’को ट्रेलर सार्वजनिक भएको छ । सुवास गिरी र भूवन केसी निर्माता रहेको फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । फिल्मका कार्यकारी निर्माता कमल गिरी हुन् भने सह–निर्माता श्री पराजुली रहेका छन् ।
नव(नायिका अदिती बुढाथोकीसँग अनमोलको केमेष्ट्री गज्जबको देखिन्छ भने नायक अनुपविक्रम शाहीको भिलेन अवतार पनि हेर्न लायककै छ । माघ २६ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको ‘कृ’ का लागि अनमोलले कडा मिहिनेत गरेका छन् । सिक्स प्याक बनाउनदेखि उनले आफ्नो कपाल र जुगाँ पनि निकै बढाएका थिए ।
अनमोलको जर्वजस्त रोमान्टिक र एक्सन पर्फमेन्सले फिल्मको ब्यापार राम्रो हुने मात्र हैन स्वयम यो फिल्मले अनमोलको अभिनयको यात्रालाई थप परिस्कृत गर्ने सम्भावना पनि देखाएको छ । कमर्शियल शैलीको ट्रेलर मेकिङ, कलाकारको प्रस्तुती, ब्याकराउन्ड म्यूजिक, एडिटिङ, सट साईज र साउन्ड डिजाईनका हिसावबाट हेर्दा यो फिल्मको ट्रेलर पर्फेक्ट बनेको छ ।
सुवास इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण भएको फिल्मलाई द सुपर काजोल फिल्मस्ले प्रस्तुत गरेको हो । फिल्ममा अनमोल केसी, अदिती वुढाथोकी, सरोज खनाल, रुपा राना, अनुपविक्रम शाही, कामेश्वर चौरासिया लगायतका कलाकारको मुख्य भूमिका छ ।