तराइमा बाक्लो कुहिरोसँगै शितलहरः जनजीवन प्रभावित

आजभोलि

अजय कुमार झा, जनकपुरधाम । विगत दुई दिनलेखि बाक्लो कुहिरोसँगै शितलहर बढेपछि मध्य तथा पूर्वी तराई मधेशको जिल्लाहरुको जनजीवन प्रभावित बनेको छ ।

चिसो हावासँगै शितको वर्षा हुने गरेका कारणले चिसो अत्यधिक मात्रामा बढेको छ । बढेको चिसोका कारणले बिहान बेलुका बजारको चहल पहलमा व्यापक कमी आएको छ ।

बाक्लो कुहिरोका कारणले हिजोदेखि नै जनकपुर–काठमाडौं विमान सेवा अवरुद्ध रहेका छन् । जहाज अवतरणका लागि भिजिबिलीटि नभएका कारणले आज कुनै पनि जहाज नआएको जनकपुर विमानस्थलले जनाएको छ ।

चिसो हावासँगै जाढो बढेपछि बृद्ध, असक्त, अपाङ्ग, बालबालिकाहरु, दमका रोगीहरु पीडित भईरहेका छन् । उता चिसोका कारणले न्यानो, बाक्लो तथा उनी कपडाको विक्री वितरणमा व्यापक मात्रामा बृद्धि भएको छ ।

अत्यधिक चिसोको प्रभाव प्रदेश नं.२ को धनुषा, महोत्तरी, सर्लाही, सिरहा तथा सप्तरी सहितको जिल्लाहरुमा परेको छ । बाक्लो कुहिरोका कारणले तेलहन, दलहन बालीमा नकारात्मक असर पार्नुको साथै चौपायाहरु पनि प्रभावित हुन थालेका छन् ।

  • १ पुष २०७४, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !