समानुपातिक तर्फ विवेकशील तथा नयाँ शक्ती लगायतका ४४ दलको ५० हजार धरौटी जफत

आजभोलि

काठमाडौं । प्रतिनिधि तथा प्रदेश सभाको सभाको समानुपातिकतर्फ निर्वाचनमा भाग लिएका ४९ मध्ये ४४ दलको धरौटी जफत हुने देखिएको छ । तोकिएको थ्रेसहोल्ड कटाउन नसक्ने दलको धरौटी जफत हुने कानुनी व्यवस्थाका कारण ती दलको धरौटी जफत हुने भएको हो । सदर मतको कम्तीमा तीन प्रतिशत मत नल्याउने दलको जमानत जफत हुनेछ ।

दलहरुले चुनावी प्रतिस्पर्धाका क्रममा ५० हजार रुपियाँ धरौटी बापत राखेका हुन्छन् । धरौटी जफत हुने दलमा विवेकशील साझा पार्टी, राष्ट्रिय ुप्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी ९प्रजातान्त्रिक०, नयाँ शक्ति, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, नेकपा माले लगायतका दलहरु छन् । अब यी दलहरुको राष्ट्रिय रुपमा कुनै मान्यता हुने छैन् । स्वतन्त्र संसदको रुपमा काम गर्नेछन् ।

निर्वाचन आयोगले पहिलो र दोस्रो चरणमा कुल एक करोड पाँच लाख ८७ हजार ५२१ मत खसेको जानकारी दिएको थियो । समानुपातिकतर्फ भने आयोगले आइतवार सार्वजनिक गरेको विवरण अनुसार ९५ लाख ७४ हजार ७४४ मत सदर भएको छ । आयोगले समानुपातिकको कुल मत छुट्टै सार्वजनिक गरेको छैन । तर, सार्वजनिक भएको कुल मत अनुसार भने १० लाख ४२ हजार ७७७ मत बदर भएको छ ।

  • ३ पुष २०७४, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !