टिकापुर हत्याकाण्डका आरोपी चौधारीको अभियोग कागजात मगाउन सर्वोच्चको आदेश

आजभोलि

काठमाडौं, पुस ४ । २०७२ भदौ २७ मा भएको टिकापुरमा हत्याकाण्डका आरोपी मध्ये एक रेशम चौधरीको कर्तव्य ज्यानलगायतको अभियोगको कागजातहरुको प्रमाणित प्रतिलिपि मगाउने सर्वोच्च अदालतले आदेश गरेको छ । उनी कैलाली–१ बाट प्रतिनिधिसभाका सदस्यमा निर्वाचित भएका थिए । नेपाल प्रहरीको मोष्टवान्टेड सूचीमा रहेका उनी २ वर्षदेखि फरार रहेका छन् ।

प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले मंगलबार कर्तव्यज्यान, लुटपाटलगायतको अभियोगपत्रको कागजातहरुको प्रमाणित प्रतिलिपि झिकाउने आदेश गरेको हो ।

फरार अवस्थामा रहेका आरोपित चौधरीले प्रतिनिधिसभा सदस्यमा जितेपछि वारेसमार्फत प्रमाणपत्र पाउनुपर्ने माग गर्दै सर्वोच्चमा दर्ता गर्न अस्वीकार गरेको रिट निवेदनविरुद्ध इजलासमा पेश भएको निवेदनमा सर्वोच्चले अभियोगका प्रमाणित प्रतिलिपि मगाउने आदेश गरेको हो ।

कैलालीको टीकापुरमा ८ जनाको ज्यान जाने गरी भएको घटनाका मुख्य अभियुक्त भनी पक्राउ पुर्जी जारी भई फरार रहकै अवस्थामा प्रतिनिधिसभामा सदस्यमा विजयी भएपछि चौधरीले वारेसमार्फत विजयीको प्रमाणपत्र लिन नपाएपछि सर्वोच्चमा रिट निवेदन दर्ता गर्न खोज्दा सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार गरेको थियो ।

सर्वोच्च अदालत प्रशासनले कर्तव्यज्यान मुद्दामा अदालतबाट ‘वारेन्ट नोटिस’ जारी भएको व्यक्तिले वारेसबाट प्रमाणपत्र लिन पाउनुपर्ने माग गर्दै ल्याएको निवेदन दर्ता गर्न अस्वीकार गरेपछि चौधरीले इजलासमा वारेसमार्फत निवेदन दिएका थिए ।

सो निवेदनको सुनुवाइ अभियोगको प्रमाणित प्रतिलिपि मगाउने आदेश गरेको हो । फरार रहँदाकै अवस्थामा वारेसनामामार्फत उम्मेदवारी दिएर निर्वाचन जितेपछि चौधरीले रञ्जिता चौधरीलाई वारेस बनाउँदै प्रमाणपत्र लिन पठाएका थिए ।

जिल्ला निर्वाचन कार्यालयले आफैँ उपस्थित हुनुपर्ने भन्दै प्रमाणपत्र दिन अस्वीकार गरेको थियो । विसं २०७२ भदौ २७ मा थरुहट आन्दोलनका क्रममा कैलालीको टीकापुरमा नेपाल प्रहरीका एसएसपीसहित सात सुरक्षाकर्मी र एक बालकको ज्यान गएको थियो ।

  • ४ पुष २०७४, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. अमेरिकामा गोली हानी नेपालीको हत्या
  • ७. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ८. विकल्प कि निर्विकल्प ? (फरक राजनीतिक विश्लेषण)
  • ९. स्ववियु निर्वाचन र नेविसघंको भूमिका
  • १०. नेकपा अर्थात् गफाडी क्लब !