चुनावी अनौठो रहस्यः आफूलाई नै मत नहाल्ने उम्मेद्वार

आजभोलि

काठमाडौं । प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा गजबका तथ्यहरु फेला परेका छन् । उम्मेद्वारहरुले आफूलाई नै मत नहाल्नेदेखि समर्थक र प्रस्तावकले मत नहालेको तथ्य फेला परेको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणामअनुसार शून्य मत ल्याउने उम्मेदवारको सङ्ख्या पनि कम छैन । धनुषा जिल्लाको निर्वाचन क्षेत्र नं। ३ का स्वतन्त्र उम्मेदवार रमणकुमार सिंहले शून्य मत पाउनुभएको छ । काठमाडौँ जिल्लाको क्षेत्र नं। ५ को प्रदेशतर्फको २ नम्बर क्षेत्रबाट स्वतन्त्र उम्मेदवार नानीमैया श्रेष्ठले पनि शून्य मत पाउनुभएको छ । उम्मेद्वार आफैँलाई पनि मत नदिएको कुरालाई अनौठौ रुपमा लिइएको छ । त्यस्तै उम्मेद्वारका समर्थक र प्रस्तावको मत नपाउनु पनि अपत्यारिलो मान्न सकिन्छ ।

निर्वाचनमा उम्मेदवार भएका कतिपय स्वतन्त्र तथा साना दलका उम्मेदवारले एकदेखि १० मत पाउनेको सङ्ख्या भने धेरै छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा धेरै मत ल्याएर विजयी हुने र थोरै मत अन्तरले पराजित फरक फरक तथ्य बाहिर आएको छ ।

  • ६ पुष २०७४, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !