शैक्षिक गुणस्तरमा कुनै लापरवाहि छैन -प्रिन्सिपल पाण्डे

आजभोलि

वीरगंज । विकास भारती स्कूल गोरखपुरका प्रिन्सिपल डा.ए.के. पाण्डेले स्कूलको शैक्षिक गुणस्तरमा कुनै लापरवाहि नरहेकै कारण भारतकै दोस्रो स्थानमा रहल सफल भएको बताउनु भएको छ ।

स्कूलद्धारा आज वीरगंजको होटल भिस्वामा आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रिन्सिपल डा। पाण्डेले यो स्कूल फाउन्डेसनद्धारा संचालित रहेकोले यो गैर नाफामुलक संस्था रहेको चर्चा गर्नु भएको छ ।

स्कूलमा ९० प्रतिशत अंक ल्याउने विद्यार्थीहरुलाई ५० प्रतिशत छात्रवृति प्रदान गर्दै आएको, विशेषगरी छात्राहरुको लागि छुटै क्लासको व्यवस्था, अंग्रेजी, हिन्दी र संस्कृत माध्यममा पढाई हुदै आएको बताउनु हुदै प्रिन्सिपल पाण्डेले नेपाली विद्यार्थीहरुको लागि विशेष सुबिधा दिइएको समेत जानकारी दिनु भयो । हरेक जातजाति, भाषा, संस्कृतिको जगेर्नाको लागि कलचरल प्रोग्राम गर्दै आएको सो स्कूलमा नेपालको ५० जना विद्यार्थीहरुले हाल अध्ययन गर्दै आएको समेत उहांले जानकारी दिनु भयो ।

पत्रकार सम्मेलनमा स्कूलका सुब्राता कुमार साह, मनोज त्रिपाठी, नेपाल पत्रकार महासंघ पर्साका सचिव युवराज खडका, सञ्चारकर्मी शेखर छतकुली, बिजय कुशवाहा लगायतको सहभागीता रहेको थियो ।

  • ८ पुष २०७४, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !