अधिकारकर्मी कट्टेल भारतमा पक्राउः १८ घण्टाको नियन्त्रणपछि बैंकक फिर्ता

आजभोलि

काठमाडौं । थाइल्याण्डको बैंककमा हेडक्वाटर भएको फोरम एसियाका निर्देशक मुकुन्दराज कट्टेललाई मंगलवार भारतीय प्रहरीले पक्राउ गरेको छ । उनलाई भारतको तामिलनाडुस्थित त्रिची विमानस्थलबाट पक्राउ गरिएको थियो । पक्राउपछि १८ घण्टा नियन्त्रणमा उनलाई फेरि बैंकक नै फर्काएको छ । नेपालीलाई भारतमा प्रवेश गर्दा भिसा चाहिदैन तर कट्टेललाई भिसाको कारण पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउपरेपछि भारतीय प्रहरीले उनलाई कसैसँग पनि सम्पर्क गर्न नदिएको बताइएको छ ।

दिल्लीस्थित नेपाली दूतावासले  पक्राउपरेपछि चासो देखाए पनि कारण पत्ता लगाउन सकेन ।

उनी दुई दशकदेखि मानवअधिकारको क्षेत्रमा कार्यरत थिए । विनाकारण पक्राउ परेको भनिएपनि साचो कारण पत्ता लाग्न सकेको छैन् । अहिले उनी थाइल्याण्डमा रहेका छन् । उनको पक्राउलाई लिएर नेपालका मानवअधिकारकर्मीहरुले विरोध जनाएका छन् ।

  • ८ पुष २०७४, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !