कैलाली । धनगढीमा आयोजित २०७४ सालको सुदूरपश्चिम महोत्सव करिब १५ करोडभन्दा बढीको कारोबार भएको छ । पुष १० गतेदेखि शुरु भएको उक्त महोत्सव मंगलबार सकिएको छ ।
महोत्सवमा १५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको र करिब ५ लाख दर्शकले अवलोकन गरेको कैलाली उद्योग वाणिज्य संघका कोषाध्यक्ष पुष्पराज कुँवरले बताए ।
उनले महोत्सव आयोजनाले महोत्सवभित्रकोमात्रै नभएर समग्र क्षेत्रको आर्थिक कारोबारमा वृद्धि भएको बताए । एअरलाइन्स, होटल तथा अरु क्षेत्रमा महोत्सवका कारण व्यापार बढेको उनले बताए ।
धनगढीमा मंसिर २९ गतेदेखि पुस १० गतेसम्म हुने भनिएको महोत्सव दर्शकहरुको मागका कारण एक दिन थप गरेर मंगलबार समापन गरिएको हो ।