राष्ट्रिय मेलमिलापको नाममा नेविसंघका गुटगत भेलाः कार्यकर्ता भन्छन्, कहिलेसम्म रहन्छ यस्तो गाइजात्रा ?

आजभोलि

काठमाडौं । ४२ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाल विद्यार्थी संघ केन्द्रीय समितिको नाममा फरक फरक ठाउँमा फरक फरक कार्यक्रम आयोजना भएका छन् । बीपी कोइरालाको राष्ट्रिय मेलमिलाप दिवसमा अवसर पारिए पनि एउटै संगठन भित्र पनि आ आफ्ना गुटगत भेला आयोजना गरिएको छ । कार्यक्रममको नाम मेलमिलाप भए पनि कार्यक्रम भने गुट तथा फुट भेलाहरु आयोजना भइरहेका छन् ।

राष्ट्रिय मेलामिलापको नाममा नेविसंघ केन्द्रीय कमिटिको ब्यानारमा फरक फरक स्थानमा कार्यक्रम उही समयमा आयोजना गरिएको छ । मेलामिलापको सन्देश जानु पर्ने दिवसमा फुटको सन्देश सहित कार्यक्रम गरेर नेताहरु रमाइरहेका छन् ।

कुन्दन समूहको कार्यक्रममा अध्यक्ष महर अनुपस्थित
शनिवार नेविसंघका महामन्त्री कुन्दन काफ्लेको समूहले काठमाडौंको अनुपम पार्टी प्यालेसमा कार्यक्रम आयोजना गरेको छ । निकै तडकभडक प्रचारशैली भएपनि नेविसंघको पूर्व पदाधिकारी तथा अध्यक्षहरुको उपस्थिति न्यून रह्यो । नेविसंघले गरेको कार्यक्रम भनिए पनि अध्यक्ष नैनसिंह महर लगायतका पदाधिकारीहरुको उपस्थिति रहेन ।

एउटै समय, एउटै कार्यक्रम तर स्थान भने फरक
आइतवार अर्थात् पुष १६ गते राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेविसंघ केन्द्रीय कमिटिको ब्यानरमा दिन १ बजे दुइ ओटा फरक फरक कार्यक्रम आयोजना गरिएको छ । अध्यक्ष नैनसिंह महरको अध्यक्षतामा राष्ट्रिय सभा गृहमा दिन १ बजे कार्यक्रम तय गरिएको छ । त्यस्तै दिनको १ बजे नै मनोजमणी समूह अर्थात् असन्तुष्ट पक्षको कार्यक्रम जिल्ला कार्यसमितिको नाममा त्रिचन्द्र क्याम्पसमा आयोजना गरेको छ । यसरी देखाओटी कार्यक्रम र ब्यानर फरक देखाए पनि नेविसंघ भित्रको द्वन्द्वलाई लिएर प्रतिसोधका लागि फरक फरक कार्यक्रम तय गरेको देखिन्छ ।

अतिथि पनि गुटगत नेता
नेविसंघले आयोजना गरेका कार्यक्रमहरुका अतिथि पनि आफू नजिकका नेताहरुलाई बोलाइएको छ । त्रिचन्द्रमा हुने कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, रामशरण महत तथा प्रकाशमान सिंह अतिथिको रुपमा राखेको छ । त्यस्तै राष्ट्रिय सभामा हुने कार्यक्रममा पार्टी सभापति शेर बहादुर देउवा लगायतका पूर्व विद्यार्थी नेताहरुलाई डाकिएको जनाइएको छ ।

नेविसंघको गाइजात्रामा नेताहरु मौन
लामो समयदेखि नेविसंघ भित्रको विवाद अहिले आएर चुलिएको छ । यसले नेविसंघका सबै कार्यक्रमहरु प्रभावित भइरहेका छन् । नेविसंघका नेताहरुले आफू अनुकुल विभिन्न गुटगत कोठेभेलाहरु आयोजना गर्दै आइरहेका छन् । तर पार्टीका शिर्ष नेताहरुले यसलाई नियन्त्रण तथा व्यवस्थित गर्नुको सट्टा आफू नजिकका विद्यार्थी गुट भेलामा गएर उनीअरुलाई अझ प्रोत्साहन गरिहेका छन् । यसले विवाद झन बढ्दै गइरहेका छ । यसले संगठन भित्र नयाँ समस्या पैदा भएको छ ।

  • १५ पुष २०७४, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !