मेलम्ची खानेपानीको कठीन मानिएको सुरुङको ब्रेक थ्रूः समयमै सम्पन्न हुने

आजभोलि

काठमाडौं। निकै कठीन तथा अप्ठ्यारो मानिएको मेलम्ची खानेपानी आयोजनाको अम्बाथान-ग्यालथुम खण्डको सुरुङको निर्माण कार्य (ब्रेक थ्रूः) सम्पन्न भएको छ । यसलाई निकै सफलताको रुपमा लिइएको छ । अब सरकारले तोकेको समयसिमा भित्र काठमाडौं आइपुग्ने आपेक्षा गरिएको छ ।

सो खण्डको ८.३ किमी सुरुङको अन्तिम बिन्दुमा निर्धारित कार्यक्रमअनुसार शुक्रबार राति १२ बजे दुई वटा विस्फोट गराइ (ब्रेक थ्रू) सुरुङ छेड्ने काम सम्पन्न भएको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्र पन्तले जानकारी दिनुभयो । सुरुङ छेड्ने काम सम्पन्न भएसँगै भित्तो ढलान गर्ने कामसमेत सँगसँगै भइरहेको पन्तले बताए ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाअन्तर्गत अम्बाथान मुहानदेखि सुन्दरीजलसम्मको २७.५ किमी सुरुङ मध्य अब ग्यालथुमदेखि सिन्धु खण्डको ४५० मिटर सुरुङ निर्माण गर्न बाँकी रहेको छ ।

सो खण्डमा अझै करिब तीन महिना समय लाग्ने बताइएको छ । सिन्धु खण्डको सुरुङमा कमसल भूभाग निस्किएकाले बढी समय लाग्ने भए पनि आगामी चैतसम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

मुहान रहेको हेलम्बुको अम्बाथानदेखि सुन्दरीजलसम्मको २७.५ किमी सुरुङ मध्य सबैभन्दा लामो सिन्धुदेखि सुन्दरीजल खण्डको ९.५ किमी सुरुङ गत वर्षनै सम्पन्न भइसकेको छ ।

एसियाली विकास बैंक ९एडिबी० को ८० प्रतिशत सहयोग रहेको सो आयोजनाको सुरुङ निर्माणको लागि भ्याटबाहेक रु १० अर्ब ६५ करोड खर्च लाग्ने अनुमान गरिएको छ ।

  • १५ पुष २०७४, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !