पृथ्वी जयन्तीमा राष्ट्रिय बिदा माग

आजभोलि

काठमाडौं । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस नागरिक मूल समारोह समितिले पृथ्वीनारायण शाहको जयन्तीका दिन राष्ट्रिय विदा घोषणाको माग गरेको छ । उक्त समितिद्वारा आयोजित अन्तरक्रिया कार्यक्रम वक्ताहरुले यस्तो  माग गरेका हुन् । 

वक्ता मध्ये पूर्व मन्त्री श्रीश शम्सेर राणाले केही समययता पृथ्वीनारायण शाहको योगदान र इतिहासलाई केही राजनीतिक दलले नामेट गर्न खोजेको आरोप लगाए । राप्रपाकी सहायक महामन्त्री एवं गायिका मीरा राणाले पृथ्वीनारायण शाहले नेपाललाई अन्य मुलुकको उपनिवेशबाट जोगाएको बताउँदै पृथ्वी जयन्तीका दिन राष्ट्रिय एकता दिवस मनाउँदै राज्यले विदा दिनु पर्ने जिकिर गरिन् । 

पछिल्लो समयमा पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउनु पर्ने आवाज उठ्दै आएको छ । तर। अहिलेसम्म सरकारले कुनै औपचारिक निर्णय भने गरिसकेको छ्रैन् । 

  • २६ पुष २०७३, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ६. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • ९. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • १०. अमेरिकामा गोली हानी नेपालीको हत्या