सिके राउतलाई राजद्रोह नलगाए गृहमन्त्रीलाई पद छाड्न घिमिरेको चेतावनी

आजभोलि

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीको राजीनामा मागेका छन् । उनले सिके राउतलाई राजद्रोहको मुद्दा नलगाए राजिनामा दिनु पर्ने उल्लेख गरेका छन् । स्वतन्त्र मधेशको माग राखेर तराईमा आन्दोलन गरिहेको सिके राउतले खुलमखुला देश टुक्र्याउने अभयिान चलाए पनि सरकारले कारबाही गर्न सकेको छैन् ।
उनले आफ्नो फेसबुक बालमा उलेका छन् – ‘उप-प्रधान एवं गृहमन्त्रीजी,जयनेपाल, मैले केहिदिन पहिले सिके राउतले लहानमा बोलेको बिषयमा प्रधानमन्त्रीजीलाई आग्रह गरेको थिएँ, उहाँको कानमा बतास लागेन,  मैले तपाईलाई नै भन्नुपर्ने भयो, सिकेलाई राजद्रोह् लगाउनुस, अन्यथा पदबाट राजीनामा दिनोस् । ‘
सिके रउातलाई कारबाही नगरेको र उनका गतिविधीलाई नियन्त्रण नगरेको भन्दै गृह प्रशासनको ठूलो विरोध भइ रहेको छ । सिके राउतले खुलमखुला आमसभा गर्दै नेपालबाट मधेश अलग गर्नु पर्ने भनाई सार्वजानिक रुपमा व्यक्त गर्दै आइरहेका छन् । सैनिक तालिम तथा तयारी गरिहेको खबर बाहिर आए पनि सरकारले कुनै चासो नदेखाएको नेकपा एमालेले आरोप लगाउदै आएको छ ।

  • ९ माघ २०७३, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ६. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • ९. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • १०. अमेरिकामा गोली हानी नेपालीको हत्या