ट्रम्प ४५ औं अमेरिकी राष्ट्रपतिः नयाँ अमेरिका उद्घोष

आजभोलि

एजेन्सी । नेपाली समय अनुसार राती १० बजेर १५ मिनेट जाँदा डोनाल्ड जोन ट्रम्पले अमेरिकाको ४५ औं राष्ट्रपतिको रुपमा सपथ ग्रहण लिएका छन् ।  सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्टस जुनियरले ७० वर्षीय ट्रम्पलाई पद तथा गोपनियताको सपथ खुवाएका हुन् । उक्त समारोह अमेरिकी कंग्रेस भवन क्यापिटोल हिलको पश्चिम क्षेत्रको अगाडिको भागमा आयोजित गरिएको थियो ।
 
उनले  बायाँ हात बाईबालमा राख्दै सपथ लिएका थिए । निवर्तमान राष्ट्रपति बराक ओबामासँगै गाडीमा सवार हुँदै उनी ह्वाइट हाउसबाट सपथ ग्रहण स्थलमा पुगेका थिए ।
 
उनीसँगै उपराष्ट्रपति माइक पेन्सले पनि सपथ लिएका छन् । ट्रम्पभन्दा अघि उनलाई सर्वोच्च अदालतका न्यायाधीशले सपथ खुवाएका थिए ।
 
ट्रम्पले सपथ पछि आफूले अमेरिकालाई फेरी सम्पन्न बनाउने, रोजगारी तथा उद्योगलाई बढवा दिने प्रतिबद्धता गरेका थिए । उनले पहिले अमेरिका र अमेरिकी भन्ने नीतिलाई व्यवहारमा उतार्ने बताएका थिए । अब कुरा भन्दा काम गर्ने समय भएकाले नयाँ अमेरिका बनाउने कामको थालनि भएको उद्घोष गरे ।

  • ९ माघ २०७३, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !