काठमाडौं। नेपाल सरकारले राष्ट्रिय किसान आयोग गठन गर्ने निर्णय गरेको छ। किसानहरूका समस्या समाधान गर्न किसानहरुले आयोग गठन गर्न गरिएको नेपाल सरकारले जनाएको छ ।
किसानहरुको हक अधिकार तथा उनीहरुको समस्या समाधानका लागि कुनै निश्चित निकाय नभएकाले किसान आयोग गठन गरिएको जनाएको छ । यसले किसानका समस्याहरुको पहिचान गरि उचित व्यवस्थापनका लागि काम गर्नेछ । कृषि विकास मन्त्रालय भए पनि यसले कार्यक्रम बाहेक कृषकको बारेमा उचित कार्यक्रम गर्न नसकेको अवस्थामा किसान आयोग गठन भएको हो ।
आयोगको हैसियत र कानुनी प्रावधन के हुने भन्ने निक्र्यौल नभए पाि स्वतन्त्र तथा शक्तिशाली हुने जनाइएको छ ।
विहिवार बसेको मन्त्रिपरिषद् बैठकले २०७१ सालको बाढीबाट प्रभावित सुर्खेत, दाड, बाँके, बर्दिया र सिन्धुपलाञ्चोकमा निजी आवास पुनःनिर्माण गर्न तयार पारिएको कार्यविधि २०७३ लाई स्वीकृत गरेको छ।