चक्रलाई पिजि सर्टिफिकेट (ट्रेलर सहित)

आजभोलि

काठमाडौं । चलचित्र विकास वोर्डले शुक्रबार रिलिज हुने तयारीमा रहेको एक्सन प्रधान चलचित्र चक्रलाई पि.जि.  सर्टिफिकेट प्यारेन्टल गाइडेन्स सर्टिफिकेट प्रदान गरेको छ । चलचित्रले सबैका लागि सार्वजनिक प्रदर्शनी गर्न पाए पनि १२ वर्ष मुनीका बालबालिकाले भने अभिभावकलाई साथमा लिएरमात्र चलचित्र हेर्न पाउने छन्  । फिल्ममा रोहन श्रेष्ठ, संजय महर्जन, सिर्जना थापा तथा सुजु मगरले अभिनय गरेका छन् ।
दिप फिल्म प्रोडक्सनको सो फिल्मका गीतहरुमा दयाराम पाण्डेका शब्दहरु सुन्न सकिन्छ भने  तारा प्रकाश लिम्बुले संगीत दिएका छन् ।
 चलचित्रलाई रन्जिन राना मगरले निर्देशन गरेका छन् । जनक गुरुङको एक्सन रहेको सो फिल्म शुक्रबार अर्थात पुस १५ गते अल नेपाल रिलिज हुने भएको फिल्मका निर्माता पिएल श्रेष्ठले जानकारी दिए ।
फिल्म श्रावण २२ गते नै रिलिजको तयारी गरिए पनि लामो समय चलचित्र बिकास बोर्डबाट सेन्सर पास नभएकाले प्रदर्शनीमा ढिलाई भएको बताइएको छ ।

IFrame

  • ९ माघ २०७३, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !