सुदूर पश्चिमलाई अहिलेसम्म २ ओटा मात्र स्वर्ण (कसको कति पदक विवरण सहित)

आजभोलि

सुनसरी । अहिलेसम्म सुदूर पश्चिमले २ ओटा स्वर्ण पदकमात्र हात पारेको छ । रजत ५ र काश्इ ३० गरी जम्मा ३७ पदक जितेको छ । जबकी अहिलेसम्म एक सय ३४ स्वर्ण, एक सय ३४ रजत तथा एक सय ९७ कास्यसहित कुल चार सय ६४५ पदकको छिनोफानो भइसकेको छ

हालसम्म नेपाली सेनाले ६५ स्वर्ण, ३५ रजत तथा २१ कास्य पदकसहित एक सय २१ पदक प्राप्त गर्दै अग्रस्थानमा रहेको छ । यस्तै नेपाल प्रहरी २४ स्वर्ण, २२ रजत र २५ कास्यसहित ७१ पदकका साथ दोस्रो तथा सशस्त्र प्रहरी १८–८ स्वर्ण र रजत तथा २९ कास्यसहित ६५ पदकले तेस्रो स्थानमा छ ।

बास्केटबल

बास्केट बल महिलातर्फका प्रतिस्पर्धामा मध्यमाञ्चल विजेता बनेको छ । धरानमा सोमबार सम्पन्न फाइनलमा मध्यमाञ्चलले विभागीय टोल नेपाली सेनालाई ४०–२७ अङ्कले पराजित ग¥यो । मध्यमाञ्चलका लागि एलिना गुरुङले १३ अङ्क जोडिन् ।

यस्तै मध्यपिश्चमाञ्चलले पूर्वाञ्चललाई ३४–७ अङ्कले हराउँदै कास्य पदक पायो । पुरुषतर्फ मध्यमाञ्चल पूर्वाञ्चललाई ६२–५८ तथा पश्चिमाञ्चल मध्यपश्चिमाञ्चललाई १०६–५४ अङ्कले हराउँदै सेमिफाइनलमा प्रवेश गरेका छन् ।

कराँतेमा मुकुन्द्रद्वारा ह्याट्रिक

सशस्त्र प्रहरीका मुकुन्द्र महर्जनले राष्ट्रिय खेलकुद प्रतियोगितामा लगातार तीन स्वर्ण जित्दै सोमबार ह्याट्रिक गरेका छन् । उनले सोमबार कराँतेको ६७ किलो तौलमा स्वर्ण पदक जितेका हुन् ।

मुकुन्द्रले यसअघि पाँचौँ र छैटौं राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जितेका थिए । सो प्रतिस्पर्धामा सुदूरपश्चिमका मोहमद शेखु आलमले रजत तथा नेपाल प्रहरीका भूपेन्द्र खड्का र मध्यमाञ्चलका विशाल पौडेलले कास्य पदक जित।

कराँतेकै पुरुष ६० किलो तौलमा नेपाल प्रहरीका रवीन्द्र कार्कीले स्वर्ण, एपिएफका मोहन कार्कीले रजत तथा मध्यमाञ्चलका राजकुमार रसैली र मध्यपश्चिमका प्रकाश घर्ती मगरले कास्य पदक पाए।

पचहत्तर किलोमा सेनाका सुभाष घतानेले स्वर्ण, प्रहरीका गङ्गाराम कसुवारले रजत तथा एपिएफका वीरबहादुर रनेली र पूर्वाञ्चलका सन्त राईले कास्य पदक जिते ।

यस्तै पुरुष ८४ किलोमुनिको तौलमा प्रहरीका दिवस श्रेष्ठले स्वर्ण, पश्चिमाञ्चलका सुनित घर्ती मगरले रजत तथा पूर्वाञ्चलका ईश्वर माझी र सशस्त्रका भीमबहादुर तामाङले कास्य पदक पाएका छन् ।

यसैगरी महिलातर्फ ५० किलो तौलमा सशस्त्रका अनु अधिकारीले स्वर्ण, सेनाका मिस्ली श्रेष्ठले रजत तथा पूर्वाञ्चलका जीना सुब्बा र मध्यपश्चिमका मुस्कान शाहीले कास्य पदक जिते।

पचपन्न किलो तौलमा सशस्त्रका मनिषा चौधरीले स्वर्ण, पूर्वाञ्चलका रमिता थापाले रजत तथा पश्चिमाञ्चलका पूजा दर्नाल र प्रहरीका मलिका थापाले कास्य पदकमा चित्त बुझाए।

यस्तै ६१ किलोमा सशस्त्रका सपना लामालाई स्वर्ण, प्रहरीका सुनिता महर्जनलाई रजत तथा पश्चिमाञ्चलका अनु गुरुङ र मध्यपश्चिमका प्रतीक्षा बिसीलाई कास्य पदक प्राप्त भयो ।

अठ्सठ्ठी किलोमुनिको तौलमा प्रहरीका विभूषा थापाले स्वर्ण, प्रहरीकै अनुपमा थापाले रजत तथा पूर्वाञ्चलका मिसदोना राई र मध्यमाञ्चलका पूजा खनालले कास्य जिते ।

अठसठ्ठी किलोमा सशस्त्र प्रहरीका कल्पना बस्नेतले स्वर्ण, सेनाका रीता कार्कीले रजत तथा मध्यमाञ्चलका रोजिता रञ्जित र प्रहरीका मनिता मोक्तानले कास्य पदक जिते ।

कराँतेतर्फ १७ स्वर्ण पदकका लागि भएको खेलमा सशस्त्र प्रहरीले आठ, नेपाली सेनाले पाँच तथा नेपाल प्रहरीले चारस्वर्ण पदक प्राप्त गरेका छन् ।

सेपाकताक्रोे

सेपाकताक्रो खेलमा सोमबार महिला डबल्सतर्फ पश्चिमाञ्चले स्वर्ण जितेको छ । धरानमा सम्पन्न फाइनलमा उसले सेनालाई २१-१२ र २१-१२ ले लगातार पराजित गरेको हो । मध्यमाञ्चलले कास्य पदक लियो । पुरुष टिम इभेन्टस्मा मध्यमाञ्चलले मध्यपश्चिमाञ्चलसँग तथा सेनाले सुदूरपश्चिमाञ्चलसंँग फाइनल प्रवेशका लागि आज प्रतिस्पर्धा गर्नेछन् ।

फुटबल

पुरुष फुटबलमा नेपाल प्रहरी र मध्यमाञ्चल सेमिफाइनलमा प्रवेश गरेका छन् । समूह ‘ख’ बाट प्रहरी विजेता तथा मध्यमाञ्चल उपविजेता बन्दै सेमिफाइनल पुगेका हुन् ।

धरानमा सोमबार पूर्वाञ्चलले पश्चिमाञ्चललाई ३-१ गोलले हराएपछि प्रहरी हेड ‘टु’ हेडका आधारमा समूह विजेता हुँदै सेमिफाइनल पुग्न सफल भएको हो । आज सशस्त्र प्रहरी र नेपाली सेनाबीच तथा सुदूरपश्चिमाञ्चल र मध्यपश्चिमाञ्चलकाबीच खेल हुनेछ ।

बुद्धिचाल

धनकुटामा जारी बुद्धिचाल प्रतियोगितामा नेपाली सेनाका भूपेन्द्र निरौला र मध्यमाञ्चलका मदनकृष्ण कायस्थले अग्रता बनाएका छन् । प्रतियोगिताअन्तर्गत सोमबार चौथो तथा पाँचौँ चरणका खेल सम्पन्न भएका छन् ।

भूपेन्द्रले चौथो चरणमा मध्यमाञ्चलका आशिष फुयाँललाई तथा पाँचौँंमा पूर्वाञ्चलका परशुराम राईलाई पराजित गरे। यस्तै चौथो चरणमा मध्माञ्चलका रिजेन्द्र राजभण्डारीलाई पराजित गरेका मदनले पाँचौँं चरणमा सेनाका केशव श्रेष्ठमाथि जित हासिल गरे । पाँचौँ चरणको खेल सकिँदासम्म भूपेन्द्र र मदनको समान ४ दशमलब ५ अङ्क छ ।

यस्तै सेनाका हिमाल लामाको चार अङ्क भएको छ । हिमालले चौथो चरणमा पूर्वाञ्चलका प्रकाश नेपाल तथा पाँचौं चरणमा पूर्वाञ्चलकै सिङ्गेश्वर दासलाई पराजित गरे ।

सेनाका केशव श्रेष्ठ तथा सजिन महर्जन, मध्यमाञ्चलका क्षितिज भण्डारी, रिजेन्द्र राजभण्डारी र नवीन तण्डुकार तथा पूर्वाञ्चलका परशुराम राईको समान ३ दशमलब ५ अङ्क छ ।

यस्तै सशस्त्रका सुमित पन्त, मध्यमाञ्चलका आशिष फुयाँल, सुरज पण्डित र राजीव कार्की, पूर्वाञ्चलका प्रकाश नेपाल, सिङ्गेश्वर दास र सुमन श्रेष्ठ तथा सुदूरपश्चिमाञ्चलका प्रकाश ओझा र मोहनप्रसाद भट्टको समान तीन तीन अङ्क रहेको छ ।

महिलातर्फ सेनाका सिन्दिरा जोशी र मोनालिसा खम्बुको समान ४ दशमलव ५ अङ्क छ । सिन्दिरा र मोनालिसाबीच पाचौँं चरणको खेल बराबरीमा टुङ्गिएको छ । सशस्त्र प्रहरीका शान्ता थापा, मध्यमाञ्चलका पूर्णिमा जयसवाल र पूर्वाञ्चलका खुस्बु थापाका समान चार अङ्क छ ।

सेनाका सुजना लोहनी र सुरुचि थिङ, मध्यमाञ्चलका सविना श्रेष्ठ र बिना जयसवाल, पूर्वाञ्चलका कृपा अधिकारी र आश्मा थापा तथा पश्चिमाञ्चलका अञ्जु शर्माका समान तीन अङ्क रहेको छ ।

यस्तै पूर्वाञ्चलका सुशीला गुरुङ र पश्चिमाञ्चलका नमन सेढाईंको समान २ दशमलव ५ अङ्क छ । प्रतियोगिताअन्तर्गत आज छैटौँ र साताँैं चरणका खेल हुनेछन् ।

एथलेटिक्स

एथलेटिक्सको दुई सय मि दौडको पुरुषतर्फ मध्यपश्चिमाञ्चलका यामसाजन सुनार र महिलातर्फ नेपाली सेनाका कृष्णा चौधरीले सोमबार स्वर्ण जितेका छन् ।

यसअघि दुवैले एक सय मि दौडमा समेत स्वर्ण पदक जितेका थिए । सुनसरीको इटहरी रङ्गशालामा सम्पन्न खेलमा सुनारले निर्धारित दूरी २१.७० सेकेन्ड तथा कृष्णाले २६।९० सेकेन्डमा पूरा गरे ।

यस्तै महिला आठ सय मि दौडमा सेनाका सरस्वती भट्टराईले दुई मिनेट १९.४२ सेकेन्डमा निर्धारित दूरी पार गर्दै स्वर्ण जिते । महिला ४०० मि हर्डल्समा सेनाका दुर्गा देवकोटाले एक मिनेट १०.०२ सेकेन्ड समय खर्चेर स्वर्ण जिते ।

महिला ट्रिपल जम्पमा प्रहरीका केशरी चौधरीले ११.६७ मिटर जम्प गर्दै स्वर्ण पदक हात पारे भने पुरुषतर्फ सेनाका डिल्ली खत्रीले १४.०४ मि जम्प गर्दै स्वर्ण जिते ।

डिस्कस थ्रोको पुरुषतर्फ सेनाका विनोद राई तथा महिलातर्फ सेनाका अमृता महतोले स्वर्ण पदक जिते ।

टेबल टेनिस

टेबल टेनिसतर्फ मिक्स डबल्समा नेपाल प्रहरीका दीप साउन र नवीता श्रेष्ठको जोडीले आफ्नै टोलीका स्यान्टु श्रेष्ठ र एलिना महर्जनको जोडीलाई ११–८, ११–५ र ११–४ अङ्कले पराजित गर्दै स्वर्ण पदक जित्यो ।

यस्तै सशस्त्रका पुरुषोत्तम वज्राचार्य र सोनु थापा मगर तथा सेनाका कृष्ण थापा मगर र रोविना महर्जनको जोडीले कास्यमा चित्त बुझायो ।

भारोत्तोलनमा कमला कमल

राजविराजमा जारी भारोत्तोलनको महिला ५८ किलोमा सेनाका कमला श्रेष्ठ र पुरुषको ८५ किलोमा कमलबहादुर अधिकारीले राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।

कमलाले स्न्याचमा ६६ किलो र क्लिन एन्ड जर्कमा ७९ किलो भार उठाउँदै तीनै स्पर्धामा नयाँ राष्ट्रिय कीर्तिमान स्थापित गरे । स्न्याचमा कमलाले झन्ट कटवालले २०६२ सालमा बनाएको ६५ किलोको कीर्तिमान भङ्ग गरे ।

त्यस्तै कुलमा पनि कमलाले झन्टले नै बनाएको १४२ किलोको कीर्तिमान तोडे । क्लिन एन्ड जर्कमा उनले २०६८ सालमा उत्तम खत्रीले वीरगन्जमा बनाएको ७८ किलोको कीर्तिमान तोडेका हुन् ।

१० औं सागका स्वर्णधारी कमलले क्लिन एन्ड जर्कमा १५५ किलो भार उठाउँदै श्रीलङ्कामा भएको १० औं सागमा ज्ञानबहादुर श्रेष्ठले स्थापित गरेको १५४ किलोको कीर्तिमान तोडे । उनले स्न्याचमा १०५ किलोसहित २६० किलो भार उचाले ।

पुरुषतर्फ ६९ किलोमा मध्यपश्चिमाञ्चलका प्रकाश केसीले स्न्याचमा ९६ र क्लिन एन्ड जर्कमा १२५ किलो भार उचाले ।

यस्तै पुरुष ७७ किलोको स्न्याचमा ८५ किलो र क्लिन एन्ड जर्कमा १२० किलो तौल उठाउँदै सेनाका सुरेन्द्र श्रेष्ठले स्वर्ण जिते ।

कबड्डी

कबड्डी महिलातर्फ नेपाल प्रहरी, सेना, मध्यमाञ्चल र पश्चिमाञ्चल सेमिफाइनलमा प्रवेश गरेका छन् । पुरुषतर्फ सेना र सशस्त्रबीच तथा पश्चिमाञ्चल र मध्यपश्चिमाञ्चलबीच सेमिफाइनलमा आज भिडन्त हुनेछ ।

अहिलेसम्मको खेलको पदक तालिकाः

टोली                              स्वर्ण   रजत   कास्य   जम्मा

नेपाली सेना                     ६५        ३५       २१         १२१

नेपाल प्रहरी                      २४        २२      २५          ७१
सशस्त्र प्रहरी                    १८          १८      २९         ६५

मध्यमाञ्चल                   १२          २४        ३०         ६६

पूर्वाञ्चल                        ४             ८         २४         ३६

पश्चिमाञ्चल                  ४             १६         १६         ३६

सुदूरपश्चिमाञ्चल            २              ५          ३०         ३७

मध्यपश्चिमाञ्चल           ५               ६         २२          ३३

जम्मा –                        १३४          १३४        १९७       ४६५

  • ९ माघ २०७३, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !