बन्ला त लमजुङ हाइड्रो मोडेल जिल्ला ?

आजभोलि

लमजुङ । नेपालका अरु जिल्ला भन्दा जलविद्युत् निर्माणमा लगानीमैत्री वातावरण बनेको भन्दै लमजुङलाई हाइड्रो मोडेल जिल्ला घोषणा गर्न विशेष पहल गरिने भएको छ ।
लमजुङ महोत्सवका अवसरमा गरिन लागिएको जलविद्युत्सम्बन्धी कार्यशाला गोष्ठीबाट जिल्लालाई हाईड्रो मोडेल जिल्ला घोषणा गर्न विशेष पहल गरिने भएको हो । कार्यशाला गोष्ठीको पूर्वतयारी बैठक बसी जिल्लालाई ‘हाइड्रो मोडेल नमुना जिल्ला’ घोषणाको पहल गर्ने निर्णय गरिएको हो ।
बैठकमा सहभागी सांसद्, नेता, प्रशासक तथा अन्य सरोकारवालाले जिल्लालाई हाइड्रो मोडल जिल्ला घोषणाका लागि सरकारसँग विशेष पहल गर्ने सुझाव दिएका थिए । पर्याप्त जलविद्युत्को सम्भावना रहेको जिल्लामा पछिल्लो समय लगानीमैत्री वातावरण सृजना भएको भन्दै हाइड्रो मोडेल नमुना जिल्ला बनाउन आवश्यक पहल गर्ने निर्णय भएको हो ।
आगामी शनिबार हुने गोष्ठीमा जिल्लामा भएको जलविद्युत्को सम्भावना, हाल निर्माण भइरहेका आयोजना, जलविद्युत् निर्माणमा देखिएका समस्याबारे ऊर्जा मन्त्रालय, विद्युत् प्राधिकरणका विशेष व्यक्तित्वलाई जानकारी गराइने भएको छ ।

  • ९ माघ २०७३, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !