२ सय ४० परिवारलाई दोस्रो किस्ता

आजभोलि

काठमाडौं। भूकम्प अतिप्रभावित चार जिल्लामा २४० परिवार दोस्रो किस्ता पाउनका लागि जिल्ला समन्वय समितिबाट प्रमाणित भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।

पहिलो किस्ता लिई निजी आवास निर्माणका लागि जगको काम सम्पन्न गरेका लाभग्राहीलाई गाउँ÷नगरमा खटिएका इन्जिनियरले भूकम्प प्रतिरोधी संरचना भनी सिफारिस गरेपछि जिल्ला समन्वय समितिले प्रमाणित गर्नुपर्ने व्यवस्था छ । यो प्रक्रिया पार गरेर आउने लाभग्राहीको सङ्ख्या २४० रहेको प्राधिकरणका सहायक प्रवक्ता डा भीष्मकुमार भुसालले जानकारी दिए ।

दोस्रो किस्ता पाउँ भनी सिन्धुपाल्चोकमा ५४७, धादिङमा ५८३, काभ्रेपलाञ्चोकमा ४५३, गोरखामा २०१६, दोलखामा ३८९, रामेछापमा ५१२, मकवानपुरमा ४०४ र ओखलढुङ्गामा २११ ले निवेदन दिएकामा सिन्धुपाल्चोकमा ६०, काभ्रेपलाञ्चोकमा १००, गोरखामा ५८ र रामेछापमा २२ मात्र छन् ।

दोस्रो किस्ता वितरणका लागि प्राधिकरणले ११ जिल्लामा रु तीन अर्ब पठाउने तयारी गरेको छ । दक्ष कामदारको अभावमा पहिलो किस्ता लैजानेले पनि निर्माणको काम सुरु गर्न नसकेको खबर सार्वजनिक भएपछि प्राधिकरणले नेपाली सेनाका २०० जनालाई प्रशिक्षक प्रशिक्षण सञ्चालन गर्ने गरी खटाउने तयारी गरेको सहायक प्रवक्ता भुसालले बताए ।

माघ १८ गतेदेखि खटिने सेनाका लागि तालिम दिई माघ २५ गतेदेखि स्थलगतरुपमा खटाउने तयारी गरिएको छ ।

  • ९ माघ २०७३, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ६. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • ९. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • १०. अमेरिकामा गोली हानी नेपालीको हत्या