स्वर किन्नरी तारादेवीका गीत सदाबहार

आजभोलि

स्वर किन्नरी तारादेवीका गीत सदाबहार

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा स्वर किन्नरीको उपमाबाट चिनिएकी तारा देवीको निधन भएको ११ वर्ष बितिसकेको छ । नेपाली सुगम संगीतमा महिला स्वरको प्रतिनिधिपात्रको पर्यायजस्तै बनेकी तारादेवी कार्कीको जन्म २००१ साल माघ १ गते काठमाडौंमा भएको हो । बुबा इन्द्रबहादुर कार्की र आमा राधादेवीको कोखबाट जन्मिएकी तारादेवीमा सानैदेखि रहेको संगीतप्रतिको मोहले कालान्तरमा उनलाई नेपाली संगीतको शिखरका पुर्योइछाड्यो ।
सात वर्षको उमेरबाट गाउन थालेकी तारादेवीले रेडियो नेपालबाट आफ्नो औपचारिक गायन यात्रा शुरु गरेकी थिइन् । त्यसपछि करिब पाँच दशक लामो संगीतको रफ्तारमा उनले सयौं कर्णप्रिय गीत गाइन् । सांगीतिक क्षेत्रमा उनको अतुलनीय योगदानले श्रोतामाझ उनी मनकी गायिका बनेर बस्न सफल भइन् ।
संगीतकार नातीकाजीसँगको सहकार्य तारादेवीको सांगीतिक यात्राको सुनौलो यात्रा सावित भएको पाइन्छ । उनले नातीकाजीका सयभन्दा बढी श्रृजनामा आफ्नो स्वरको जादू पस्केकी छन्, जुन नेपाली सांगीतिक क्षेत्रको भण्डार श्रीवृद्धिमा अतु्लनीय सावित बनेका छन् ।
राष्ट्रिय, लोक, भजन, आधुनिक, चलचित्र लगायत संगीतका हरेक विधाका गीतमा तारा देवीको अद्भूत गला सजिएको छ ।
नेपालमा बनेको पहिलो चलचित्र आमाबाट अगाडि बढेको चलचित्र गायनको यात्रामा तारादेवीले कुमारी, मनको बाँध, सिन्दुर, जीवन रेखा लगायतका धेरै चलचित्रमा असख्य कर्णप्रिय गीत गाइन् ।
नेपाली नाट्य क्षेत्रमा कोशेढुंगा सावित मालती मंगलेमा स्वरसम्राट नारायण गोपालसँग तारादेवीको गायन नेपाली सांगीतिक क्षेत्रकै गर्व गर्न लायक सृजना मान्ने गरिन्छ ।
६० को दशक ताका भने एकपछि अर्को गर्दै छोरा र पति गुमाएर शोकमा डुब्न पुगेकी तारादेवीले त्यसपछि गायनलाई निरन्तरता दिन सकिनन् । शोकसँगै उनी पार्किसन्स् रोगबाट थलिन पुगिन् । र पछि २०६२ साल माघ ९ गते उनको निधन भयो ।
आधुनिक गीतका सन्दर्भमा तारादेवीले नेपालका विशिष्ठ गीतकार संगीतकारदेखि नयाँ पुस्ताका संगीतसाधकसँग पनि काम गरिन् । तर जुनसुकै पुस्ताकासँगको सहकार्य पनि उनको कोकिलकण्ठको बसमा परेको ज्वतन्त उदाहरण उनका लोकप्रिय गीत बनिसकेका छन् ।

  • ९ माघ २०७३, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !