काठमाडौं। एनसेलले ‘इन्टरनेट सबैका लागि’ नारा सहित माघ ९ गते देखि भोल्युममा आधारित नयाँ डेटा प्याक ल्याएको हो ।
अल टाइम डेटा प्याक, बिहान ५ देखि साँझ ५ बजेसम्म प्रयोग गर्न मिल्ने डे डेटा प्याक र बेलुका ११ देखि बिहान ५ बजेसम्म प्रयोग गर्न मिल्ने नाइट डेटा प्याक ल्याएको जनाएको छ । यिनीहरुको शूल्क दर फरक÷फरक रहेको कम्पनीले जनाएको छ ।
नाइट डेटा प्याकमा ९ रुपैयाँमा ८० एमबी देखि २५० रुपैयाँमा ४००० एमबी डेटा सम्मका योजना ल्याएको छ ।