मानिसको बोलीबाट रोग पत्ता लगाउन सकिने

आजभोलि

काठमाडौं । मानिस बिरामी भएरनभएको कुरा उसको बोलीबाटै थाहा पाउन सकिने एक अध्ययनले देखाएको छ । अमेरिकाको एउटा स्टार्टअप कम्पनी क्यानरी स्पीचले बोलीको पहिचान गरेर रोग पत्ता लगाउन न्यूरोलोजिकल तथा थप अरु रोगको बारेमा समेत थाहा पाउन सक्नेप उपायको खोजी गरिरहेको बीबीसीले जनाएको छ।

यो उपायले मानिसमा देखा पर्ने पार्किन्सन रोगदेखि मानसिक रोगलगायतका रोगहरुको बारेमा अगाडि नै थाहा पाउन सकिन्छ। यसको सुरुवात कम्पनीका संस्थापक हेनरी ओ केनलको नीजी अनुभवले देखाएको छ।

केनलले भनेका छन्, मेरो धेरै पुरानो साथी ६ वर्षदेखि पार्किन्सन रोगले थला परेका थिए, उसलाई मांसपेशी तथा नसा दुख्ने समस्याले धेरै नै च्यापेको थियो। उसको बोली विस्तारै मलिन हुँदै गइरहेको थियो भने बोल्दा आवाजले साथ पनि दिन छाडेको थियो।

केनलले विरामीको बोली थाहा पाउने सफ्टवेयरको विकास गरिरहेको बताएका छन्। उनले भनेका छन्, विरामीको बोलीबाटै रोग पहिल्याउने नयाँ सफ्टवेयरमा कम्पनीले अनुसन्धान गरिरहेको छ। यसले मानिसले बोलेको भरमा उसको बिरामी पत्ता लगाउन सकिन्छ।

  • ९ माघ २०७३, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ६. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • ९. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • १०. अमेरिकामा गोली हानी नेपालीको हत्या