कारियामा एक जना नेपालीको मृत्यु

आजभोलि

कारियामा एक जना नेपालीको मृत्यु

दक्षिण कोरिया । रोजगारीको शिलशिलामा चार वर्ष अघि कोरिया आएका स्याङ्जा पुलतीबजार नगरपालिका राङ्खोलाका होमबहादुर गुरुङको औद्योगिक दुर्घटनामा परी मृत्यु भएको हो।

छंग्जुस्थित बुक्दो ओछानमा कार्यरत गुरुङको बिहीबार अपरान्ह मृत्यु भएको हो। प्लास्टिक रिसाइकल कम्पनीमा मेसिनमा बेरिएर ३९ वर्षीय गुरुङको मृत्यु भएको हो। मृतकको शव स्थानीय संग्मो अस्पतालमा राखिएको छ। मृतक गुरुङका परिवारमा श्रीमती, एक छोरा र छोरी छन्।

सोलस्थित नेपाली दूतावासका श्रम सहचारी देवराज ढकालले परराष्ट्र र परिवारलाई जानकारी गराएको बताए। पछिल्लो चार महिनामा औद्योगिक दुर्घटनामा परी दक्षिण कोरियामा चार नेपालीको मृत्यु भएको छ।

  • ९ माघ २०७३, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ६. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • ९. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • १०. अमेरिकामा गोली हानी नेपालीको हत्या