प्रधान सेनापति दोस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सुरु

आजभोलि

काठमाडौं । नेपाली सेनाद्वारा आयोजित प्रधान सेनापति दोस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता आइतबारबाट सुरु भएको छ । प्रधान सेनापति राजेन्द्र क्षत्रीले उद्घाटन गरेको प्रतियोगिता नेपाली सेनाको सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको कभर्डहल, लगनखेलमा सञ्चालन हुने छ ।
माघ १४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको एकरएक तथा पाँच विकास क्षेत्रका पाँच भलिबल टिमगरी जम्मा आठ टिमको सहभागिता रहेको छ ।
आइतबार भएको उद्घाटन खेलमा नेपाली सेनाले विजय हासिल गरेको छ । अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लवसँगको भिडन्तमा नेपाली सेनाले ३–० को सोझो सेटमा जित हात पार्यो् । आर्मीले सशस्त्रलाई २५—१५, २५—१९ र २५—२० को सोझो सेटमा जित पराजित गर्योश ।
त्यसैगरी अर्को खेलमा नेपाल प्रहरीले मध्यमाञ्चललाई ३–० को सोझो सेटमा पाखा लगायो । पुलिसले मध्यमाञ्चललाई २५—१०, २५—१७ र २५—१९ को सेटमा जित हासिल गर्योम ।
प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय हुने विजेता टिमलाई क्रमशः रु।३ लाख, रु।१ लाख ५० हजार र रु।७५ हजार नगद पुरस्कार र उत्कृष्ट स्पाईकर, ब्लकर, डिफेण्डर, लिफ्टर र कोचलाई समेत १०र१० हजार नगद पुरस्कारको प्रदान गर्ने जनाइएको छ । त्यसैगरी प्रतियोगिताभरिकै उत्कृष्ट खेलाडीलाई गोल्छा अर्गनाइजेसनले पल्सर मोटरसाईकल प्रदान गर्ने जनाएको छ ।

  • ९ माघ २०७३, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !