पपुवा न्यु गिनीमा ८.० म्याग्निच्युडको भूकम्प

आजभोलि

बेइजिङ । अष्ट्रेलियाबाट सीधा उत्तरमा पर्ने पपुवा न्यु गिनीमा पनि आइतबार ८.० म्याग्निच्युडको भूकम्प गएको समाचार छ । यस भूकम्पपछि विशाल सुनामी आउन सक्ने चेतावनी दिइएको प्रशान्तमहासागरीय सुनामी चेतावनी केन्द्रले जनाएको छ ।

पपुवा न्यु गिनीमा गएको भूकम्पको केन्द्रविन्दु भने आरावानजिकै दक्षिणी प्रशान्त महासागरिय इलाकाको समुद्रको १६७ किलोटिर गहिराईमा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जनाएको छ ।

दक्षिण–पश्चिमी प्रशान्त महासागरमा अवस्थित मेलानेसिया महाक्षेत्रभित्र रहेका यी दुबै देशमा गएको भूकम्पबाट मानवीय र भौतिक सम्पत्ति क्षति भए नभएको कुनै पुष्ट समाचार प्राप्त भइनसकेको बताइएको छ ।

अमेरिकी भौगर्भिक सर्वेक्षण सस्था युएसजिएसले भने दुबै देशमा गएका भूकम्पको मापन ८.२ म्याग्निच्युड रिक्टरस्केलको भएको जानकारी दिएको छ ।

हाल भूकम्प गएका दुबै मुलुकहरु भौगर्भिक हिसाबले क्रियाशील र जोखिमयुक्त ूप्रशान्त महासागरीय अग्निचक्र प्यासिफिक रिङ्ग अफ फायरको घेरा भित्र पर्दछन् ।

  • ९ माघ २०७३, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !