मनाङ मस्र्याङ्दी क्लब आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा

आजभोलि

मनाङ मस्र्याङ्दी क्लब १५ औं आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । धरान फुटबल क्लबलाई ४–१ को फराकिलो अन्तरले हराउँदै मनाङ अन्तिम चारमा स्थान बनाउन सफल भयो।

मनाङले संकटा र बंगलादेशको फारसीगानीको बिजेतासँग माघ ११ गते सेमिफाइनल खेल्नेछ। मनाङको जितमा कप्तान अनिल गुरूङ र सुजल श्रेष्ठले समान २ गोल गरे भने धरानका लागि दीपक राईले एक गोल फर्काए। टोलीका ४ वटै गोलमा राष्ट्रिय टोलीका कप्तान समेत रहेका अनिलको भूमिका रह्यो। पोखरेली स्ट्राइकर अनिलको क्रसमा सुजलले ३३ औं मिनेटमा हेडमार्फ पहिलो गोल गरेका थिए ।

अनिलले ४१ औं मिनेटमा गोल गरे गर्दै अन्तरलाई दोब्बर बनाए । उनले आफिज ओलावालेको क्रसमा अनिलले पहिलो बारमा गोल गरे। चोट मुक्त भएर फर्केका रोहित चन्दको क्रसमा अनिलले ६० औं मिनेटमा टिमका लागि तेस्रो र आफ्नो नाममा दोस्रो गोल गरे। त्यसको ३ मिनेट नबित्दै अनिलकै क्रसमा विपक्षी गोलकिपर पूर्ण चेम्जोङ बिट भइसकेपछि सुजलले नजिकबाट गोल गरेका थिए ।

कमजोर प्रदर्शन गरेको धरानका लागि दीपक राईले ७३ औं मिनेटमा सान्त्वना गोल फर्काए । २०५८ को क्याराभान गोल्ड कपसहित आहा रारा गोल्डकपमा मनाङले सबैभन्दा बढी ९ पटक फाइनल खेलेको छ। मनाङका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले समयमै गोल निस्केका कारण आफूहरुको जित सुनिस्चित बनेको बताए।

  • ९ माघ २०७३, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !