मुगुको सिमी र फापर काठमाडौंमै

आजभोलि

मुगु । स्थानीय उत्पादनलाई बढावा दिन र जिल्लालाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने प्रयासस्वरूप नेपाल खाद्य संस्थान मुगु शाखाले स्थानीय तहबाट उत्पादित सिमी र फापर खरिद गर्न लागेको नेपाल खाद्य संस्थान मुगु शाखाले जनाएको छ।

अघिल्लो वर्ष एक सय २० रुपैयाँ प्रतिकेजीका दरले ८० क्विन्टल सिमी खरिद गरेको संस्थानले चालू आर्थिक वर्षमा प्रतिकेजी एक सय ३५ रुपैयाँका दरले एक सय ३० क्विन्टल सिमी खरिद गर्ने भएको छ। त्यस्तै संस्थानले अघिल्ला आर्थिक वर्षमा ६० रुपैयाँ प्रतिकेजीका दरले ६० क्विन्टल फापर खरिद गरेको थियो भने अहिले एक सय क्विन्टल फापर खरिद गर्ने जनाएको छ।

तिते फापर प्रतिकेजी ८० रुपैयाँ र मिठे फापर प्रतिकेजी एक सय रुपैयाँका दरले खरिद गर्ने संस्थानका मुगु शाखा प्रमुख गंगप्रसाद साहले जानकारी दिए।

गत आर्थिक वर्षमा संस्थानले स्थानीय कृषकबाट नौ लाख ६० हजार मूल्य बराबरको सिमी र तीन लाख १५ हजार बराबरको फापर खरिद गरी काठमाडौं निर्यात गरेको थियो।

गत आर्थिक वर्षभन्दा चालू आर्थिक वर्षमा मुगाली सिमी र फाफरको माग बढेकाले यो वर्ष १७ लाख ५५ हजार बराबरको सिमी र आठ लाख बराबरको फापर खरिद गरेर काठमाडौं निर्यात गर्ने संस्थानले जनाएको छ।

राजधानीको मागअनुसार स्थानीय कृषकले उत्पादन गरेको सिमी र फापर खरिद गर्ने संस्थानको भनाइ छ। तर बजार मागअनुसार कृषकले स्थानीय उत्पादनमा वृद्धि गर्न सकेका छैनन्।

  • ९ माघ २०७३, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !