पुनर्निर्माणमा एनजीओ/आईएनजीओको अनुगमन

आजभोलि

पुनर्निर्माणमा एनजीओ/आईएनजीओको अनुगमन

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपछिको पुनर्निर्माणमा सकृय रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्था एनजीओ/आईएनजीओको अनुगमन सुरु गरेको छ । सरकारी निकायबाट स्वीकृति लिएविपरीत काम गर्ने र सरकारी निकायलाई अटेर गर्ने प्रवृत्ति बढेको भन्दै प्राधिकरणले अनुगमन सुरु गरेको हो । यो खबर आजको कारोबारमा छ ।

प्राधिकरण, सम्बन्धित विभागीय मन्त्रालय र अनलाइन रिपोर्टिङमार्फत अनुगमनको काम सुरु गरिएको प्राधिकरणले जनाएको छ । अनुगमनअन्तर्गत प्राधिकरण आफैंले नौ वटा टोली बनाएर अनुगमन सुरु गरिएको प्राधिकरणका सहप्रवक्ता डा। भीष्मकुमार भुषालले जानकारी दिए ।

उनका अनुसार अनुगमनका लागि पुनर्निर्माणको काम अघि बढेका स्वास्थ्य, शिक्षा, पर्यटन, निजी आवास, सडक, सरकारी भवन, सरसफाइलगायत नौ क्षेत्रमा लागि प्राधिकरणका दुईसहित सरोकारवाला निकायका प्रतिनिधिहरु रहेको टोली गठन गरी परिचालित भइसकेका छन् ।

त्यसैगरी शिक्षा, स्वास्थ्य, पर्यटन, खानेपानी, सरसफाइ, भौतिक योजना तथा निर्माण, सहरीलगायतका मन्त्रालयहरूलाई समेत अनुगमनका लागि परिचालन गर्न लागिएको छ । त्यसैगरी एनजीओ÷आईएनजीओले गरेका पुनर्निर्माणका कामहरू अनलाइनमार्फत रिपोर्टिङ गर्ने गरी प्रणालीको विकाससमेत गर्न लागिएको छ ।

प्राधिकरणका अनुसार भूकम्पबाट अति प्रभावित १४ सहित ३१ जिल्लामा १ सय ६० एनजीओ(आईएनजीओले पुनर्निर्माणको काम गरिरहेका छन् भने ती निकायमार्फत ४१ अर्ब बराबरको रकम पुनर्निर्माणका लागि सम्झौता भएर अघि बढेको छ ।

भुषालले ३ अर्ब सम्झौताको प्रकृयामा रहेको र सम्झौता भइसकेको ४१ अर्ब रकम सदुपयोग भए÷नभएको बारे अनुगमन केन्द्रित हुने बताए । “सम्झौता गरेका एनजीओ÷आईएनजीओले समयभित्र काम नगरेको, जिल्ला तथा सरोकारवाला मन्त्रालयलाई नटेरेर आफूखुसी कार्यक्रम गरिरहेको र कतिपयले सम्झौता विपरीत अनुदानको रकम वितरण गरेको पाइएकोले अनुगमन सुरु गरेका हौं,” उनले भने ।

उनका अनुसार कतिपय एनजीओ(आईएनजीओले जीविकोपार्जनका लागि सम्झौता गरे पनि तालिमलगायतका सामान्य कार्यक्रमहरू गरेर खर्च गरिरहेको समेत पाइएको छ । एनजीओ÷आईएनजीओले आफूखुशी काम गरेको भन्दै गुनासो आए पनि सरकारले नियन्त्रण गर्न नसकेको भन्दै आलोचना भइरहेको छ ।

  • १० माघ २०७३, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !