पाँडे र जिग्री दृष्टिविहीनका लागि घर सप्तरीमा बनाउँदै

आजभोलि

पाँडे र जिग्री  दृष्टिविहीनका लागि घर सप्तरीमा बनाउँदै

काठमाडौं । हास्यकलाकार जोडी कुमार कट्टेल जिग्री र अर्जुन घिमिरे पाँडे यतिबेला सप्तरीको एक दलित बस्तीमा दृष्टिविहीनका लागि घर बनाउने अभियानमा जुटेका छन् । दाजु–भाउजू सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीको समाजसेवाको पदचाप पछ्याउँदै कुमार कट्टेल पनि समाजसेवामा लागेका हुन् ।

जिग्री पाँडे फाउन्डेस स्थापना गरेर उनीहरू कलाकारिताका साथै समाजसेवामा पनि लागेका छन् । गत बिहीबार बिहीबार सप्तरी गमहरिया प्रवाह–४ स्थित पट्टिटोल पुगेका चर्चित हास्यशृंखला ‘भद्रगोल’ का यी कलाकारले १७ जनाको संयुक्त परिवारमा रहेका तीन भाइका लागि तीनवटा वातावरण र अपांगमैत्री घर बनाइदिने घोषणा गरेका हुन् ।
सामाजिक अभियान्ता बाराका रमेशप्रसाद साहका साथमा सप्तरी पुगेका उनीहरूले मण्डल परिवारको दयनीय अवस्था देखेर उनीहरूलाई लत्ताकपडाका साथै खाद्यान्न वितरण गरेका थिए । ‘भगवान शिवले पनि गरिब, असहाय, दीनदुःखीको सेवा गर्नु नै धर्म भएको बताउनु भएको छ, त्यही भएर हामी अतिविपन्न मण्डल परिवारलाई सहयोग गर्न आएका हौं,’ कलाकार कुमार कट्टेलले भने ।

स्थानीय शम्भु मण्डलको परिवारमा १७ जना छन् । त्यसमा एक बालकसहित पाँचजना दृष्टिविहीन छन् । उनीहरूको अवस्था निकै नाजुक भएकाले आफूहरूले घर बनाइदिन लागेको कलाकार अर्जुन घिमिरेले बताए । उनका अनुसार नयाँ तीन घरका लागि ३५ देखि ४० लाख रुपैयाँ बजेट अनुमान गरिएको छ ।

  • ११ माघ २०७३, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. अमेरिकामा गोली हानी नेपालीको हत्या
  • ७. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ८. विकल्प कि निर्विकल्प ? (फरक राजनीतिक विश्लेषण)
  • ९. स्ववियु निर्वाचन र नेविसघंको भूमिका
  • १०. नेकपा अर्थात् गफाडी क्लब !