निर्वाचनका लागि कांग्रेस गाउँ पस्यो

आजभोलि

निर्वाचनका लागि कांग्रेस गाउँ पस्यो

काठमाडौं। नेपाली कांग्रेसले स्थानीय निर्वाचनलाई केन्द्रित गरी ७५ वटै जिल्लामा गाउँ जागरण अभियान सञ्चालन गरेको छ। कांग्रेसले देशका सबै जिल्ला, निर्वाचन क्षेत्र, नगर र गाउँमा पार्टीको संगठनलाई चुस्त दुरुस्त बनाउन मंसिरमै ७५ जना केन्द्रीय सदस्यलाई ७५ जिल्लामा खटाएको थियो।

पार्टीको निर्देशन अनुसार केन्द्रीय नेताहरु तोकिएको जिल्लामा गएर पार्टीको अवस्था, स्थानीय निर्वाचनमा मुख्य प्रतिस्पर्धा कुन ठाउँमा कुन दलसँग हुने, त्यसका लागि कांग्रेसले लिनुपर्ने चुनावी रणनीति लगायतका विषयमा जिल्ला नेतृत्वलाई निर्देशन दिनुभएको थियो ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय निर्वाचनलाई केन्द्रित गरेर जति तयारी हुनुपर्ने हो, त्यति काम पार्टीबाट हुन नसके पनि जिल्लास्तरमा पार्टी सुदृढीकरण भने सबै जिल्लामा जारी रहेको बताउनुभयो। उहाँले केन्द्रीय सदस्यहरु पनि गएका र जिल्ला समितिले गाउँगाउँमा कार्यकर्ता परिचालन गर्ने कार्य गरेको जानकारी दिए ।

केन्द्रीय प्रतिनिधिहरुले जिल्ला, क्षेत्र, नगरदेखि गाउँ समिति, भ्रातृ संगठनलाई पनि चलायमान बनाउन निर्देशन दिनुभएको छ। जिल्लामा खटिएका प्रतिनिधिहरूले जिल्लाको विकास निर्माणको अवस्थाबारे पनि जानकारी लिएका छन् ।

  • ११ माघ २०७३, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ६. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • ९. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • १०. अमेरिकामा गोली हानी नेपालीको हत्या