काठमाडौं । सिके राउत खुलमखुला स्वतन्त्र मधेशको माग राख्दै मधेशमा र समाजिक संजाल मार्फत अभियान चलाउँदै आइरहेका छ । अर्धभूमिगत रुपमा युवाहरुलाई तालिम तथा प्रशिक्षण दिदैं गरेको एक श्रोतले जानकारी दिएको छ । उनीअहिले पनि दिनमा आधा दर्जन कार्यक्रम गरिहेको एक श्रोतले दाबी गर्यो ।
उनले नेपाली सेना तथा नेपाल प्रहरीलाई फिरंगी सेना भनेर उल्लेख गरेको छ ।
सिके राउतले स्वतन्त्र मधेश गठबन्धनको www.madhesh.com नामक वेइव साइड संचलान गर्दै आइरहेका छन् । जुन अंग्रजी भाषामा छ, यसमा उनले मधेशीमाथि पहाडियाले शोषण गरेको तथा मधेश उपनिवेश बनाएको लगायत आरोप उल्लेख गरेको छ । जसमा राष्ट्र, नेपाली सेना, सरकार तथा पहाडीया समुदायलाई तथानाम उल्लेख गरेको छ ।
अर्को नामका www.ckraut.com वेइव साइड हिन्दी र अंग्रजी दुबै भाषामा उल्लेख छ । जसमा उनले किन मधेश नेपाबाट अलग हुने भन्नेममा ७ ओटा कारण उल्लेख गरेका छन् । मधेशी सेना निर्माण पहाडीयाको कब्जा रोक्न तथा नगारिकता आफ्नै बनाउने लगायतका कारण उल्लेख छ ।
उनले नेपाली सेना तथा नेपाल प्रहरीलाई फिरंगी सेना भनेर उल्लेख गरेको छ । उनले हिन्दी भाषालाई प्रयोग गरेर पहाडीयालाई पनि फिरंगीको संज्ञा दिएको छ ।
सिके राउतको नाममा फेसबुक, ट्वीटर तथा अन्य ब्लगहरु पनि संचालन छन् । जसलाई नेपाल राष्ट्र, नेपाल सरकार तथा पहाडीया बिरुद्ध प्रयोग भइरहेको छ । यी माध्यमबाट उनले राष्ट्र बिरोधी अभियानलाई बढवा दिएका छन् ।
तर नेपाल सरकार भने तराईमा आमसभा गरिरहँदा, प्रशिण दिदा पनि मौन देखिएको छ । उनले समाजिक माध्यमबाट देश बिरोधी गतिविधी संचालन गर्दा पनि प्रहरी तथा नेपाल सरकार मुकदर्शक बन्दै आएको छ । खुलमखुला देश टुक्र्याउन अभियान संचालनमा छन् । सामाजिक संजालमा मनमर्जी लेख्दा पनि नेपाल प्रहरी नदेखे झै गर्छ । वा मौन छ, सरकार। मौन प्रशासन ।