समूदायबाट निर्मित खानेपानीको उद्घाटन

आजभोलि

समूदायबाट निर्मित खानेपानीको उद्घाटन

ललितपुर । स्थानीय जनसमूदायको सक्रिय पहलमा तथा समाजसेवीहरुको आर्थिक सहयोगमा गोदावारी नगरपालिका वडा नं ३ स्थित कोतडाँडामा निर्माण गरिएको “खानेपानी डिपबोरिङ्ग” एक समारोहकोबीच संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री माननीय श्रीप्रसाद जवेगुबाट उद्घाटन भएको छ ।

कोतबासीहरु गत २०७२ साल बैशाख १२ र २९ गते गएको महाभूकम्प पश्चात कोतडाडामा खानेपानीको विकराल समस्या परी सिंगो गाउ बस्ति नै बसाई सरी जानु पर्ने बाध्यात्मक अवस्था सृजना भएको थियो । यस माहा विकराल अवस्थाको समयमा कोतडाँडा सरोकार समाज, कोतगाउँ मूलगुठी समाज, नागरिक समाजका बुद्धिजिवी र दातृमाहनुभावबाट आर्थिक तथा अन्य सहयोग जुटाई रु ४०, २६, १४० चालिस लाख, छब्बिस हजार, एकसय चालिसको लागतमा २९४ मिटर गहिराईबाट डिपबोरिङ्ग सम्पन्न गरी खानेपानीको विकल्प रोज्न बाध्यात्मकरुपले सफल भएका छन् ।

उद्घाटनको क्रममा कोतबासीलाई सम्बोधन गर्दै मन्त्री जवेगुले “कोतडाँडाको विकास र पर्यटन प्रवर्धन गर्न नेपाल सरकारको संधै प्रयास रहिरहन्छ । इतिहासको अंध्यारोलाई सरापेर बस्नुभन्दा वर्तमानलाई बत्ती बाल्नु बुद्धिमानी हुने छ” भदै कातडाँडा बासीको कामको प्रशंसा गर्नुभयो ।” उद्घाटन कार्यक्रमको अन्त्यमा आर्थिक सहयोग दिने चन्दा दाता र सहयोगीहरुलाई राज्यमन्त्री जवेगुको हातबाट सम्मानपत्र वितरण गरिएको थियो । यसैक्रममा गोदावारी नगरपालिकाका कार्यकारी अधिकृत श्री मनिता श्रेष्ठले कोतडाँडाकोलागि नगरपालिकाले विशेष प्राथमिकताका साथ हेरेको बताउनु भयो ।

उद्घाटन कार्यक्रममा स्थानीय राजनीतिक दलको प्रतिनिधित्व गर्दै नेपाली काँग्रेसका हरिशरण गिरी, नेकपा –माओवादी केन्द्र) का श्री इन्द्रबहादुर खत्री, पात्लेछाप सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष पुस्कर गिरी तथा खानेपानीको टेङ्की निर्माण कार्यमा आर्थिक सहयोग गर्ने श्री बबि शाह का प्रतिनिधि श्री बद्री विसाल घिमिरे –लगायतले कोतडाँडा बासीले भोग्नु परेका समस्या, चुनौति र जनताको सहभागिताबारे चर्चा गरेका थिए । कार्यक्रमको सभापतित्व कोतडाँँडा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष श्री मोनबहादुर राना मगरले गर्नु भएको थियो ।

कार्यक्रमका आमन्त्रित अतिथिहरुको स्वागत गर्दै कोतडाँडा सरोकार समाजका महासचिब श्री कर्ण तामाङ्गले गोदावारी नपा ३ कोतडाँडाको संक्षिप्त परिचय दिंदै यस स्थानको ऐतिहासिक महत्वको बारेमा बताउनु भयो । उक्त कार्यक्रमको संचालन अधिकारकर्मी बद्रीप्रसाद सिवाकोटीले गर्नु भएको थियो ।

  • १३ माघ २०७३, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !