पर्वत । पाँचौ पर्वत महोत्सवलाई बिहीबार पर्वतको कुश्मामा सम्बोधन प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्डले आगामी वैशाख अन्तिम साता स्थानीय निकायको निर्वाचन हुने दाबी गरेका छन् । यस अघि प्रचण्डले चैतमा निर्वाचन हुने दाबी गर्दै आइरहेका थिए । उनले जति जति समय ढल्कदै गयो त्यति त्यति नयाँ नयाँ मितिको घोषणा गर्दै आइरहेका छन् ।
उनले निर्वाचनसम्बन्धी विधेयक संसद्बाट पारित भइसकेपछि निर्वाचनको मिति घोषणा गर्ने तयारीमा रहेको बताए ।
प्रधानमन्त्री प्रचण्डले माघ १५ गतेभित्र निर्वाचनको मिति घोषणा भएमा वैशाख अन्तिम सातासम्म चुनाव गर्न सकिने भएकाले दुई÷तीन दिनभित्रमा चुनावको मिति घोषणा हुने बताए । उनले माघ १५ गतेभित्र निर्वाचनसम्बन्धी विधेयक पारित गरिसक्न आफूले सम्बन्धित समितिलाई आग्रह गरिसकेको पनि बताएका छन् ।
निर्वाचन गर्ने सम्बन्धमा सबै राजनीतिक दलहरु सहमति नजिक पुगेको बताउँदै मधेसी मोर्चाका मागलाई पनि सम्बोधन गरेर अघि बढ्न सरकार हरतरहले लागिपरेको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले दाबी गरे । जसरी संविधान जारी गर्दा मुलुकका सबै राजनीतिक शक्ति एकै ठाउँमा उभिएका थिए, त्यस्तै संविधान कार्यान्वयनको सुनिश्चितता र निर्वाचन गर्नका लागि पुनः एकै ठाउँमा उभिनुपर्ने अवस्था आएको छ ।
अर्को प्रसङ्गमा प्रधानमन्त्री प्रचण्डले सरकार मुलुकको आर्थिक विकास गर्न लागिपरेको बताउनुभयो । जबसम्म मुलुकमा राजनीतिक स्थिरता हुँदैन तबसम्म मुलुक आर्थिकरुपमा सबल हुन सक्दैन । आर्थिक समृद्धि नभएसम्म विश्वका अन्य मुलुकले नेपालको अस्तित्व स्वीकार नगर्ने भएकाले मुलुकलाई आर्थिक समृद्धिको दिशातर्फ उन्मुख गराउनुपर्ने बताए ।
उनले पर्वत जिल्लामा अतिआवश्यक देखिएका सदरमुकाममा सिटी हल निर्माण, कुश्मा–फलेबास–बर्राचौर–हुवास सडक कालोपत्रे, खेलमैदान निर्माण र लप्सी प्र्रशोधन केन्द्रका लागि सरकारले आवश्यक सहयोग गर्ने बताए । एकत महोत्सव दश दिनसम्म सञ्चालन हुनेछ ।