मौन छ पार्टी नेतृत्व, तरुण दलको पूर्णता कहिले ?

आजभोलि

काठमाडौं । नेपाल तरुण दलको महाधिवेशन भएको साढे दुई महिना बितिसक्दा समेत कार्यसमितिले पूर्णता पाउन सकेको छैन् । पोखरामा भएको महाधिवेशनमा सहमतिका आधारमा अध्यक्ष जीतजङ्ग बस्नेत, उपाध्यक्षमा उत्तम चापागाईं, महासचिवमा भूपेन्द्रजङ्ग शाही र कोषाध्यक्षमा विद्वान् गुरुङ चयन गरिएको थिाय । बाँकी पदमा पूर्णता दिन ढिलाई भइरहेको छ ।

तरुण दलको महाधिवेशन सम्पन्न गर्न पार्टीले गठन गरेको निर्देशन समितिले महाधिवेशनबाट काठमाडौँ फर्केलगत्तै बैठक गरी कार्यसमितिलाई पूर्णता दिने निर्णय गरेको थियो । तरुण दलको चौथो महाधिवेशन गत कात्तिक २७ देखि २९ गतेसम्म पोखरामा भएको थियो ।

कार्यसमितिले पूर्णता नपाउँदा काम गर्न निकै गाह्रो भएको अध्यक्ष जीतजंग बस्नेतले बताए । उनले आफू र पदाधिकारी पनि थोरै भएकाले दैनिक कार्यक्रम तथा सङ्गठनका काम गर्न समस्या परेको गुनासो गरे । महाधिवेशनपछि तरुण दलमा कार्यसमिति कुल ९५ सदस्यीय हुनेछन् ।

बेलैमा कमिटिले पूर्णता नपाउँदा दैनिक तथा संगठनात्मक कठीनाई उत्पन्न भएको नेता तथा कार्यकर्ताहरुले बताएका छन् । तर पार्टी तथा निर्देशक समितिले भने कुनै चासो देखाएको छैन् ।

  • १३ माघ २०७३, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !