अछाममा फल्यो २५ के.जी.को फर्सीः एउटा फर्सी १५० जना जन्तीले पनि खान सकेनन्

आजभोलि

अछाम । अछामको घोडासैनमा २५ के.जी.भन्दा बढीे तौल भएकोे फर्सी फलेको छ । त्यो पनि एउटै बोटमा ६ ओटा । युवा उद्यमी कृष्ण देवकोटाले एउटै बोटमा ६ भन्दा फर्सी फलेको जनाए । 

सबै २५ के.जी. भन्दा बढी तौल रहेको जनाए । अचम्मको कुरा के छ भने, गाउँमा १ सय ५० जना भन्दा बढी जन्तीले पनि एउटा फर्सी खान सकेनन् ।

ती फर्सीहरु घोडासैन ७ का कृषक विष्णु प्रसाद उपाध्यायको बारीमा फलेका हुन् । उक्त गाउँमा सिचाइको अभाव भए पनि कृषकले मेहनत गरेर फर्सी फलाएका हुन् । घरमा ठूल्ठूला फर्सी छन् तर बजार अभावको कारण विक्री वितरण गर्न नसकिएको उपाध्यायले जनाए ।

सडक नपुगेको कारण उक्त फर्सी बजारसम्म पु्र्याउन नसकिएको जनाए । बोकेर लैजान सम्भव नभएकाले फर्सी बारीमै रहेको बताए । विक्री गर्न नसकेपछि आफ्नै घरपरिवार तथा छिमेकीलाई बाड्ने उनले जनाए ।

कृषकले यति महेनत गरेर फलाएको फर्सीप्रति जिल्ला कृषि कार्यालय बखेबर छ । न त उसले कृषकालाई सहुलियत दिएको छ । नत बजारिकरणमा सहयोग गरेको छ । यसले गर्दा कृषक मारमा पर्दै आएका छन् ।

  • १४ माघ २०७३, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !