विदेशमा रहेका नेपालीले अनलाइनबाटै सेवा लिन सक्ने

आजभोलि

वैदेशिक रोजगारीका लागि विभिन्न देशमा रहेका नेपालीले कन्सुलर विभागबाट लिनुपर्ने विविध कानुनी सेवा अब अनलाइनमार्फत नै लिन सकिने भएको छ ।

काठमाडौं । परराष्ट्र मन्त्रालयको कन्सुलर विभागले विदेशमा हराएका नेपालीको खोजतलास र उद्धार, विदेशमा मृत्यु भएकाको शव झिकाउने, मृतकका परिवार र घाइतेले पाउनुपर्ने क्षतिपूर्ति, अधिकृत वारेसनामाजस्ता सेवाका लागि अब अनलाइनबाटै आवेदन गर्न सकिने भएको हो ।

अनलाइनबाट यस्तो सेवाका लागि गरिएको सेवाग्राहीको आवेदन सम्बन्धित देशमा रहेका नेपाली नियोगमा पनि पुग्ने र यसबारेमा ती नियोग पनि सेवाप्रति जिम्मेवार हुनुपर्ने छ ।

सोसम्बन्धी अनलाइन सेवाको परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले आज कन्सुलर विभागमा शुभारम्भ गरेका छन् । सो अनलाइन सेवाको शुभारम्भ गर्दै मन्त्री डा महतले कन्सुलर सेवा विभागमार्फत जनतालाई प्रदान गरिने सेवालाई छिटो, सर्वसुलभ, कम खर्चिलो र पारदर्शी बनाउने प्रयोजनमा यस अनलाइन सेवा प्रभावकारी हुने जानकारी दिए ।

लाखौँलाख नेपाली नागरिक वैदेशिक रोजगारीका लागि विभिन्न देशमा कार्यरत छन् र उनीहरुका विभिन्न समस्या पर्ने गरेकोले कन्सुलर सेवा भनेको परराष्ट्रको पनि अति संवेदनशील र अत्यावश्यक सेवा भएकाले विभागले यसप्रति गम्भीर भएर काम गर्ने आफ्नो विश्वास रहेको बताए ।

यस सेवाबाट काम वा पढाईको शिलशिलामा विदेश रहेको लाखौं नेपाली लाभान्वित हुने मन्त्रालयले जनाएको छ । र, अहिलेको झन्झटिलो प्रकयाबाट मुक्ति पाइनेछ ।

  • १४ माघ २०७३, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !