काठमाडौं उपत्यकामा अपांगमैत्री बस संचालनमा

आजभोलि

काठमाडौं । उपत्यकामा सिटी मेट्रो प्रालिले शुक्रवारबाट अपाङ्गमैत्री बस सञ्चालनमा ल्याएको छ । पहिलो चरणमा १५ वटा बस सञ्चालन हुने जनाइएको छ । एउटा बसमा ४४ वटा सिट रहेका छन् । अपाङग, ज्येष्ठ नागरिक र बालबालिकालाई बसमा चढ्नका लागि सहज हुने व्यवस्था गरिएको जनाएको छ ।

पहिलो चरणमा १५ वटा बस सञ्चालन हुने जनाइएको छ ।

भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सीताराम महतोले समारोहबीच उक्त बसको उद्घाटन गर्दै उपत्यकामा बाटो सुधार र यातायातका साधनले भइरहेको प्रदूषण न्यूनीकरणका लागि सरकार गम्भीरताकासाथ कार्य गरिरहेको बताए ।

उक्त प्रा लि.का अध्यक्ष हेमेन्द्र शेरचनले आधुनिकतासँगै यातायातका साधन आउन पनि आवश्यक रहेको चर्चा गर्दै फरक शारिरिक क्षमता भएका व्यक्तिका लागि यस्ता सुविधाजनक बसले सहजता ल्याउने बताए ।

  • १४ माघ २०७३, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !