फिफा वरियतामा नेपाल सार्कमा तेस्रो

आजभोलि

काठमाडौं। फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल ६ स्थान सुधार गर्दै दक्षिण एसियामा तेस्रो स्थानमा उक्लिएको छ ।

गत महिना नेपाल १८१ औं स्थानमा रहेकामा अब १७५ औं स्थानमा छ । त्यस्तै फिफा वरियतामा १२९ औं दर्जामा रहेको भारत दक्षिण एसियाको पहिलो स्थान तथा माल्दिभ्स १४५औं दर्जाका साथ दोस्रो स्थानमा छ । त्यस्तै नेपालभन्दा एक स्थान सुधार गरे पनि भुटान नेपालभन्दा एक स्थानमुनि अर्थात् १७६ औं स्थानमा छ ।

पाँच स्थानमा खस्किएको बङ्गलादेश वरियताको १९० औं स्थानमा छ । दक्षिण एसियाका श्रीलङ्का र पाकिस्तान क्रमशः १९६ औं र १९७ औं स्थानमा छन् । त्यस्तै अफगानिस्तान पाँच स्थान खस्कँदै १५१ औं स्थानमा पुगेको छ ।
फिफा वरियतामा पहिलो स्थानमा अर्जेन्टिना, दोस्रामा ब्राजिल तथा जर्मनी छन्

  • १४ माघ २०७३, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !