नेपालको अस्मिता र जनताको स्वाभिमान माथि खेलबाड !

आजभोलि

नेपालको अस्मिता र जनताको स्वाभिमान माथि खेलबाड !

व्यापारी प्रेम लस्करीले नेतृत्व गरेको नेपाल भारत मैत्री समाज नामको संस्थाले होटल सोल्टीमा एउटा स्वागत समारोह आयोजना गरेको रहेछ । यहाँ मेरा उद्देश्य त्यो कार्यक्रमको रिपोर्टिंग गर्नु होइन । मैले कार्यक्रमका सहभागिहरूबाट जानकारी पाएसम्म त्यो कार्यक्रमको शैली देखेर उदेक लागेर यी जिज्ञाशापरक पंतिहरू लेखिरहेको छु ।

लोकेश ढकाल । हिजो भारतले गणतन्त्र दिवस मनायो । छिमेकी देश भारतको गणतन्त्र दिवसको अवसरमा निकट छिमेकी देश नेपालको एक नागरिकका हैसियतले म पनि आम भारतीय जनतामा वधाई एवम् हार्दिक शुभ कामना व्यक्त गर्दछु ।

नेपालमा पनि भारतीय दूतावास लगायत अन्य केही संस्थाहरूले विविध कार्यक्रमका साथ गणतन्त्र दिवस मनाए । यसै क्रममा व्यापारी प्रेम लस्करीले नेतृत्व गरेको नेपाल भारत मैत्री समाज नामको संस्थाले होटल सोल्टीमा एउटा स्वागत समारोह आयोजना गरेको रहेछ । यहाँ मेरा उद्देश्य त्यो कार्यक्रमको रिपोर्टिंग गर्नु होइन । मैले कार्यक्रमका सहभागिहरूबाट जानकारी पाएसम्म त्यो कार्यक्रमको शैली देखेर उदेक लागेर यी जिज्ञाशापरक पंतिहरू लेखिरहेको छु ।

यो कार्यक्रमको प्रमुख अतिथि भारतीय राजदूत रंजित राय थिए भने अतिथिका रूपमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, परराष्ट्र मन्त्री प्रकासशरण महत, पूर्व सभामुख दमननाथ ढुंगाना लगायत पूर्वमन्त्रीहरू र थुप्रै विशिष्ठहरूको लर्को कार्यक्रममा थियो ।

कार्यक्रम हुनु वा भारतको गणतन्त्र दिवस कुनै संस्थाले नेपालमा मनाउनु र त्यसमा विशिष्ठ नेपाली व्यक्तिहरू सहभागी बन्नु सामान्य कुरा हो । यहाँ त्यसको विरोध वा खास प्रतिक्रिया दिन खोजिएको पनि होइन । यो अज्ञानी पंतिकार सामान्य राजनीतिक कर्मी भएकोले कार्यक्रमको सहभागिता र शैलीलाई हेरेर मन ग्लानी भएर केही कौतुहलता प्रकट गर्दै आफ्ना केही भावहरू प्रकट गर्न खोजिएको मात्र हो ।

महामहिम राजदूत (भारतको विदेश मन्त्रालयको सहसचिव तहको कर्मचारी) महोदय हाम्रा मन्त्री वा पूर्व प्रधानमन्त्री भन्दा कूटनीतिक एवम् राजनीतिक मर्यादा क्रममा ठुला हुन् रु जो पूर्वप्रधानमन्त्री, मन्त्री लगायतको विशिष्ठहरू उपस्थित कार्यक्रमको प्रमुख अतिथि वने । राजदूत प्रमुख अतिथि भएको कार्यक्रममा हाम्रा परराष्ट्र मन्त्री, पूर्वप्रधानमन्त्री, पूर्व सभामुख लगायतका वरिष्ठ नेताहरू लर्को लागेर अतिथि बनेर जान मिल्छ रु यसरी नै दिल्ली स्थित नेपाली राजदूत प्रमुख अतिथि बनेको कुनै कार्यक्रममा भारतका पूर्वप्रधानमन्त्री, वर्तमान मन्त्रीहरू लगायतका विशिष्ट व्यक्तिहरू पनि सहभागी भएको कसैसंग त्यसको अनुभव छ रु वा विश्वव्यापी कुटनीतिक मर्यादामा जे सुकै व्यवस्था वा स्थापित परंपरा भए पनि नेपाल र भारतका बीचमा दुवै तर्फ यो सामान्य परंपरा हो रु के हो ?

नेपालका कुटनीतिक क्षेत्रका जानकारहरूले यी मेरो जिज्ञाशाको पुर्ति गरिदिए यो अकिन्चन, अज्ञानीले अलिकति ज्ञान प्राप्त गर्थ्यो कि रु होइन, यो सामान्य परम्परा होइन भने त अरूलाई दोष दिएर मात्र के गर्नु रु देश र जनताको स्वाभिमानलाई पर्वाह नगरी कुटनीतिक मर्यादालाई ख्यालै नगरी केवल आफ्नो राजनीतिक स्वार्थबाट अभिप्रेरित भएर यस्ता कार्यक्रममा सहभागी बन्ने दास मनोवृत्ति भएका नेता रहेसम्म देशको राष्ट्रीय अस्मिता र जनताको स्वाभिमान माथि यसरी नै खेलबाड भैरहने छ । आगे जनता जागे !

  • १४ माघ २०७३, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !