सरकारी कार्यालयको कागजात तथा दस्तखत किर्ते गरी मानव वेचविखन गर्ने पक्राउ

आजभोलि

सरकारी कार्यालयको कागजात तथा दस्तखत किर्ते गरी मानव वेचविखन गर्ने पक्राउ

काठमाडौं । सरकारी कार्यालयको कागजात तथा दस्तखत किर्ते गरी मानव वेचविखन गर्ने कार्यमा संलग्न ३ जनालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा एक्सिस ओभरसिज गौशालाका संचालक काठमाडौं बुढानिलकण्ठ नगरपालिका–७ कपन बस्ने ३२ वर्षीय सुदर्शन खड्का, ओख्तुहाङग टुर एण्ड ट्राभल्सका संचालक काठमाडौं जोरपाटी बस्ने सुनसरी हासपोसा गाविस–२ का ३५ को जिवन जिमी राई र सो ट्राभलमा काम गर्ने काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–७ बस्ने २२ वर्षीय कृष्ण वाग्ले रहेका छन् ।

आर्थिक अवस्था कमजोर भएका महिलालाई राम्रो काममा दुबई लगायतका बिभिन्न देश पठाइदिन्छु भनि प्रलोभनमा पारी खड्काले निज राई र निजका कर्मचारी वाग्लेसँग मिली पीडितको बिवाह दर्ता तथा नाता प्रमाणित नक्कली बनाई पीडितलाई वेचविखन गर्ने उद्देश्यले लैजान लागेको अनुसन्धानबाट खुल्न आएको छ ।

साथै ओख्तुहाङग टुर एण्ड ट्राभल्सको कम्प्युटरमा विभिन्न सरकारी कार्यालयको लोगोहरु तथा कागजातहरु समेत प्रहरीले फेला पारेको छ ।

उनीहरुलाई सरकारी कार्यालयको कागजात तथा दस्तखत किर्ते गरी मानव वेचविखन गरेको कसुरमा कारबाहीको लागि महाशाखाले महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको र थप अनुसन्धान कार्य जारी रहेको छ ।

  • १५ माघ २०७३, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ६. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • ९. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • १०. अमेरिकामा गोली हानी नेपालीको हत्या