विद्युत चोरी गरी लोडसेडिङ गराउने कार्यमा संलग्न थप व्यक्ति पक्राउ

आजभोलि

काठमाडौं । विद्युत चोरी गरी लोडसेडिङ गराउने कार्यमा संलग्न काठमाडौं सुकेधारास्थित बुद्ध वासिङ्ग सेन्टरका संचालक सिन्धुपाल्चोक, लिसंखु–९ का ४० वर्षीय बुद्धकुमार लामालाई विजुली मिटर १ थान र विजुली मिटर सिल २ थान सहित बिहिबार प्रहरीले पक्राउ गरेको छ ।

विभिन्न स्थानका उद्योग, कलकारखाना, गार्मेण्ट, होटल, लज तथा व्यक्तिविषेशका घरमा जडित विजुलीका मिटरबक्सहरुमा विद्युत प्राधिकरणका केही कर्मचारी, उद्योग व्यवसायीको मिलेमतोमा विभिन्न उपकरणहरूको प्रयोग गरी गैरकानुनी रूपमा मिटरबक्सहरूको अंक घटाइ विद्युत चुहावट गरी विद्युतको खपत बढाउनुका साथै प्रत्यक्ष रुपमा लोडसेडिङमा समेत प्रभाव पारी ठगी गर्ने कार्यमा संलग्न व्यक्तिहरुलाई माघ ९ गते महानगरीय अपराध महाशाखाले पक्राउ गरी कारवाही गरेकोमा थप अनुसन्धान गर्दै जाने क्रममा लामालाई पक्राउ गरेको हो ।

साथै काठमाडौं कपनस्थित रामकृष्ण ढुंगेलको सवनम प्लाष्टिक उद्योगबाट विजुली सिल २ थान र विजुली मिटर १ थान, काठमाडौं चावहिलस्थित मुरारी थापाको टेम्पु चार्जिङ्ग कारखानाबाट विजुली मिटर १ थान, विजुली मिटर सिल २ थान र कम्पनी दर्ता प्रमाणपत्र तथा ललितपुर ईमाडोलस्थित रमेशकुमार लुनियाको बोतल कारखानाबाट विजुली मिटर २ थान, विजुली मिटर सिल ४ थान र कम्पनी दर्ता प्रमाणपत्र प्रहरीले बरामद गरेको छ । यि ठाउँका संचालकहरु हाल फरार रहेकोले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

  • १५ माघ २०७३, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !