विप्लवद्वारा सेना-प्रहरीलाई बर्दी खोलेर क्रान्तिमा आउन आग्रह

आजभोलि

काठमाडौं । काठमाडौंमा आयोजित कार्यक्रममा नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले अबको क्रान्तिमा सबै एक हुनुपर्ने बताएका छन्। उनले नेपाली जनतासँगै सेना तथा प्रहरीलाई नयाँ क्रान्तिमा बर्दी खोलेर साथ दिन आग्रह गरेका छन् ।

यो देश हामी नेपालीको हो । कुनै दलाल र गद्दारको होइन ।

उनले भने, अबको क्रान्ति अन्तिम भएकाले सबैले साथ दिन आह््वान गनर्स गरेका छन् । आवश्यक परे नेपाली सेना-प्रहरीले बर्दी खोलेर क्रान्तिमा आनु पर्ने जिकीर गरे । उनले वर्तमान राजनीतिक घटनाप्रति आक्रोसित हुँदै भने यो देश हामी नेपालीको हो । कुनै दलाल र गद्दारको होइन ।

अखिल नेपाल जनसांस्कृतिक महासङ्घको सांस्कृतिक कार्यक्रममा रायन श्रेष्ठ, जेबी टुहुरे, माधव प्रधान, लक्ष्मी गुरुङ, कुश्मिता दर्लामी, आरोह नेपाली, ढुण्डी अधिकारी, रमण थामी, रमेश विकलगायत तीनै पुस्ताका कलाकारले एकल तथा सामूहिक गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा विप्लवले, नयाँ संस्कृतिको पुस्तकको विमोचन गरेका छन् ।

  • १५ माघ २०७३, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ६. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • ९. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • १०. अमेरिकामा गोली हानी नेपालीको हत्या