पर्सामा एक करोड ३० लाख १७ हजार राजस्व सङ्कलन

आजभोलि

पर्सामा एक करोड ३० लाख १७ हजार राजस्व सङ्कलन

पर्सा । सवारी ऐन उल्लङ्घन गर्नेलाई भएको कारबाहीमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा एक करोड ३० लाख १७ हजार राजस्व सङ्कलन गरेको छ ।

आव २०७३÷७४ को साउनदेखि पुससम्मको छ महिनाको अवधिमा कार्यालयले २० हजार ६ सय ५० सवारीसाधान सञ्चालकलाई गरेको कारवाहीमा सो रकम सङ्कलन भएको प्रमुख ट्राफिक प्रहरी निरीक्षक रवीन्द्रप्रसाद भट्टले जानकारी दिए ।

उनले चालु आवमा सबैभन्दा बढी ट्रकचालक कारवाहीको दायरमा आएको बताउनुभयो । ट्रकचालकले वाहन चलाउँदा आवश्यक कागजपत्र नबोकेको, तोकिएको भन्दा बढी सवारी वा मालवस्तु राखिएकोे, तोकिएको भन्दा बढी गतिमा सवारीसाधन चलाएको जस्ता गल्ती भेटिएपछि ट्राफिक ऐनबमोजिम कारवाही गरिएको निरीक्षक भट्टले जानकारी दिए ।

चालु आवको ६ महिनामा ऐन उल्लङ्घन गरेका ११ हजार आठ सय चार ट्रक, आठ सय बस, सात सय ३५ जिप÷कार÷भ्यान, एक हजार दुई सय ४६ ट्याक्टर, चार हजार सात सय ८८ मोटरसाइकल र एक हजार दुई सय ७७ टेम्पो चालकलाई पनि कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।

यसैबीच मादकपदार्थ सेवन गरी सवारीसाधान चलाउने आठ सय ३९ चालकलाई कारवाही गरिएको छ । चालु आवको ६ महिनामा जिल्लाका विभिन्न स्थानमा गरिएको छड्के जाँचमा मादकपदार्थ सेवन गरेका उक्त सङ्ख्याका सवारीचालक कारवाहीमा परेको निरीक्षक भट्टले बताउनुभयो । मदिरा सेवन गरी वाहन चलाउने चालकलाई कारवाही गर्दा छ महिनामा रु आठ लाख ३९ हजार राजस्व सङ्कलन भएको थियो  । रासस

  • १६ माघ २०७३, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !