काठमाडौं । बलिउडमा सधै चर्चामा रहने शाहरुख खान फेरी पनि चर्चामा आएका छन् । चर्चा आफैले बनाएको फिल्मको कारण पाएका हुन् । बलिउडमा उनले बनाएको फिल्म डन-२ ले बनाउको रेकर्ड उनको नयाँ फिल्म रइसले तोडेको छ ।
शाहरुख खानको चलिरहेको फिल्म रइसले यसअघि रिलिज शाहरुखकै डन-२ को रेकर्ड ब्रेक गरेको छ । प्रदर्शनको सातौं दिन पार गर्दा फिल्मले एक सय ९ करोड १ लाखको व्यापार गरेको छ । यस अघि डन-२ को लाइफटाइम व्यापार भने मात्र १ सय ६ करोड थियो ।
रइसले शाहरुखको अर्को फिल्म रावनको रेकर्ड पनि तोड्ने लाइनमा छ । रावनको विजनेस पनि जम्मा १ सय १५ करोड मात्र छ । यसै रफ्तारमा फिल्म चलेमा उनले रावनको रेकर्डसमेत चाडै तोड्ने विश्लेषण ष्रिन थालेको छ ।