नेविसंघका संस्थापक सदस्य तिवारीको निधन

आजभोलि

काठमाडौं। नेपाली काँग्रेसका नेता चिरञ्जीवीनिधि तिवारीको ७३ वर्षको उमेरमा निधन भएको छ । प्याङ्क्रियाजको क्यान्सरबाट पीडित तिवारीको बुधबार साँझ नेपाल क्यान्सर अस्पताल हरिसिद्धीमा उपचारको क्रममा निधन भएको उनको परिवारले जनाएका छन् । काठमाडौँ क्षेत्र नं ४ का महासमिति सदस्य रहनुभएका तिवारी नेपाल विद्यार्थी सङ्घको संस्थापक सदस्य समेत हुनुहुन्थ्यो ।

नेपाल उद्योग वाणिज्य महासङ्घको पूर्व उपाध्यक्ष र नेपाल तयारी पोसाक उद्योग सङ्घको पूर्व अध्यक्ष पनि हुन् । स्व नेता तिवारी २०५६ को संसदीय निर्वाचनमा काँग्रेसको तर्फबाट काठमाडौँ निर्वाचन क्षेत्र नं ३ बाट उम्मेदवार समेत भएका थिए । तिवारीका एक श्रीमती दुई छोरा र दुई छोरी छन् ।

  • २० माघ २०७३, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. अमेरिकामा गोली हानी नेपालीको हत्या
  • ७. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ८. विकल्प कि निर्विकल्प ? (फरक राजनीतिक विश्लेषण)
  • ९. स्ववियु निर्वाचन र नेविसघंको भूमिका
  • १०. नेकपा अर्थात् गफाडी क्लब !