अन्ततः सिके राउत पक्राउः जन्मकैद हुन सक्ने

आजभोलि

काठमाडौं । नेपालबाट मधेशलाई अलग देश बनाउनका लागि स्वतन्त्र मधेस अभियान संचालन गर्दै आइरहेका सीके राउतलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई बिहीबार दिउँसो जनकपुर माछाबजार नजिकै कोठामा छापा मारेर प्रहरीले राउतलाई पक्राउ गरेको हो । राउतविरुद्ध राज्य विप्लवको मुद्दा लगाउने तयारी छ । जसका लागि मुद्दा चलाउन काठमाडौंस्थित विशेष अदालत ल्याउनुपर्छ ।

राज्य विरुद्धको अपराध र सजाय ऐन २०४६ मा उल्लेखित राज्य विप्लवको अपराध वा उद्योग गरेको ठहरिए राउतलाई जन्मकैद वा १० वर्षसम्म कैद सजाय तथा दुबै हुन्छ । उनमाथिको आरोप प्रमाणित भए राउतलाई जन्मकैद हुनेछ ।

स्थानीय प्रशासनको अघि नै माघ ५ गते राउतले सिराहाको लाहानमा सार्वजानिक सभा गरेका थिए । जसमा उनले नेपाल विरुद्ध अभिव्यक्ति दिएका थिए । उक्तमा कार्यक्रममा जनसाधारणको ठूलो संख्यामा उपस्थिति रहेको दाबी गरिएको छ ।

कार्यक्रम गर्न दिने स्थानीय प्रशासनले उनको नाममा पक्राउ पूर्जी जारी गरेको छ । र, उनलाई सिराहा नै पठाइने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

  • २० माघ २०७३, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !