कांग्रसले देश अभियान थाल्नेः हिमाल, पहाड र तराइ जोड्ने

आजभोलि

काठमाडौं । नेपाली कांग्रेसले तुरुन्तै देश अभियान संचालन गर्ने जनाएको छ । नेपाल सांस्कृतिक संघको दोस्रो सम्मेलनको उद्घाटन शत्रमा पार्टी सभापति शेर बहादुर देउवा तथा वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले राष्ट्रिय एकताका लागि देश अभियान संचालन गर्ने जनाएका हुन् । सभापति देउवाले मधेशवादी दलहरुले मेधशमा र एमालेले पहाडमा उग्रराष्ट्रवादको नारा लगाएकाले देश अभियान चलाउनु परेको बताए ।

नेपाल सांस्कृतिक संघको दोस्रो महाधिवेशनको उद्घाटनको क्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले देश अभियान संचालन गर्ने र त्यसका कलाकारहरुले जनता जगाउनु पर्नेमा जोड दिए । उनले एमालेले जनतामा भ्रम छर्न मधेश अभियान संचालन गरेको आरोप लगाए ।

कार्यक्रममा पूर्वमहामन्त्री प्रकाशमान सिंहले कांग्रेस एकता भएर अघि बढ्नु पर्ने बताएका छन् । त्यस्तै, पूर्वमहामन्त्री कृष्ण सिटौलाले भने संविधान कार्यान्वयनका लागि निर्वाचन पहिलो सर्त रहेको बताए ।

उद्घाटन शत्रमा कांग्रेस केन्द्रीय सदस्य एन पी साउद, गुरुराज घिमिरे, प्रदिप पौडेल लगायतले कांग्रेसले देश जोड्ने र संविधान कार्यान्वय गर्ने कार्यको अगुवाई गर्नु पर्ने बताएका थिए ।

उद्घाटन शत्र काठमाडौंको वाल्मिकी क्याम्पसमा भएको थियो । उक्त शत्रमा विभिन्न सांस्कृतिक कार्यक्रम तथा नाटक प्रस्तुत गरिएको थियो । उक्त महाधिवेशन तीन दिनसम्म चल्नेछ । र नयाँ समिति चयन समेत गर्नेछ ।

  • २१ माघ २०७३, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !